घोराही-दाङको देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हो। राप्ती गाउँपालिका-९ मा पर्ने देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ। सामान्य सडक र विद्युत् पुगे पनि सञ्चार सेवा पुग्न सकेको छैन। जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ।
पूर्व-पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ। पहाडको चुचुरेमा अवस्थित देवीकोटको भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँ-नयाँ संरचना निमार्ण पनि भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा रहेका छन् । किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ। मन्दिरका पूजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधाना हुदै आएको छ।
भद्राक्षीदेवी मन्दिरमा पूजाआराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी बताउछन। “देवीकोटसम्म ठूला सवारी साधन नपुगे पनि साना सवारी साधन पुगेपछि साना गाडी र मोटरसाइकलबाट भए पनि भक्तजन मन्दिरसम्म पुग्ने गरेका छन्”, उनले भने, “मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतिक्षालय निर्माणको काम गरेका छन्।”
मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मशाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण गरिएको उनले बताए। अघिल्लो वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय मोटर बाटो पुगेपछि भने भक्तजन बढेका छन्। करीब तीन बिघा छ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाह मण्डप, हनुमान मन्दिर निमार्णाधीन अवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
देवीकोट दाङको चुरे श्रृङ्खलाको ऐतिहासिकस्थल हो। यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन्। मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ। यस घोरेबासमा भुरेटाकुरे राजाका समयमा अड्डा अदालत र गोश्वारा कार्यालयसमेत रहेका स्थायीनवासीको भनाइ छ। मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ। कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउन टोला नामकरण भएको स्थानीय ७९ वर्षीय जेठ नागरिक लुमकान्त पौडेल बताउछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस