महोत्तरी-पछिल्लो तीन साताभित्र दुईपटक परेको वर्षात्ले खुशी र चिन्ता दुवै छाएको छ। गत शुक्रबार र शनिबार हल्का वर्षात् हुँदा किसान औधि खुशी भएका छन्। गतमङ्सिर महिनामा माटो गल्नेगरि जिल्लाभर पानी परेको थियो।
वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामीलाई थप अप्ठ्यारोमा परेका छन्। गरीब बस्तीका वृद्धवृद्धा, स-साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले स्वास्थ्य समस्यामा परेका छन्। पछिल्लो वर्षाले जिल्लाका ग्रामीण सडक हिलाम्य भएका छन्। हिँडडुलमा पनि समस्या आएको छ।
“बर्षाले जाडो त बढायो, तर गहुँका लागि त अमृत नै बर्र्सेेजस्तो भयो”, जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरका गहुँखेतीमा कहलिएका किसान सत्यनारायण यादवले भने, “हेर्नोस् वर्षाको पानीमा त के जादु हुन्छ को नि ! दुई दिनमै गहुँ लहलहाएको छ।” सन्तुलित वर्षाको पानी गहुँका लागि कुलोबाट गरिएको सिँचाइभन्दा निकै पोषिलो हुने बताइएको छ।
पछिल्लो वर्षाले आलु र गोलभेँडा लगायत हिँउदे तरकारीलाई फाइदा पुर्याएको छ। आँप, लिची र कटहर सहितका फलका रुखमा नयाँ पात फेर्न र फुल्न वर्षालेको पनीले सहयोग पुर्याएको छ। बर्दिवास नगरपालिका-९ पशुपतिनगरका फलफुल किसान सुरजसिंह कुशवाहाले भने, “सन्तुलित हिउँदे वर्षा भएको साल फलफुल राम्रो उत्पादन हुने गरेको छ।” पशुपालक किसान पनि वर्षाले चरनक्षेत्रमा घाँस राम्रो उम्रने र बढ्ने आसले उत्साहित देखिएका छन्।
मुख्य सडक हिलाम्य भएका छन्। बर्दिवास-जलेश्वर सडक पुनःनिर्माणको काममा ढिलाइ हुँदा पछिल्लो वर्षाले सवारी साधन चलाउन नसकिने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस