काठमाडाैं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विरुद्धमा बहुमत जिल्ला सभापतिहरू कांग्रेस मुख्यालय सानेपामा भेला भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह लगायतका नेतासँगै ४६ जना जिल्ला सभापतिहरू भेलामा उपस्थित भएका हुन् । भेलामा देउवानिकट सभापतिहरू भने उपस्थित भएनन् ।
अधिकांश जिल्ला सभापतिले पुस ११ गते बसेको पार्टी केन्द्रीय समितिको बहुमतले विधानका कतिपय धाराहरू निलम्बन गरेको भन्दै त्यसलाई नसच्याए राम्रो नहुने चेतावनी पार्टी नेतृत्वलाई दिएका छन् ।
सोमवार आफ्नो धारणा राखेका १४ मध्ये अधिकांश जिल्ला सभापतिहरूले वरिष्ठ नेता पौडेललाई सभापतिको एकलौटीका विरुद्ध उभिँदा खुट्टा नकमाउन आग्रह गरे । २ दिनका लागि बोलाइएको भएतापनि भेला थप केही दिन लम्बिन सक्ने नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बताए ।
धादिङ जिल्ला सभापति रमेश धमलाले महासमिति बैठकको निर्णय खारेज गर्ने अधिकार सभापति देउवालाई नभएको दाबी गरे । धमलाले एकलौटी गर्न खोज्ने हो भने महासमितिको बैठक बोलाउन सभापति देउवालाई चुनौती दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस