टोकियो-सन् २०१९ मा जापानमा सवारी साधन विक्री दर तीन वर्ष यता पहिलो पटक घटेको जापानी उद्योगहरूको समूहले जानकारी गराएका छन् ।
गाडीको बिक्रीमा कमी आउनुलाई जापानमा सन् २०१९ मा भोग्नु परेका प्राकृतिक प्रकोप र उपभोक्ता करमा भएको वृद्धि जिम्मेवार रहेको भएपनि कारको बिक्री दरमा सामान्य कमी मात्र आएको उक्त समूहले बताएको छ ।
‘जापान अटोमोबाइल डिलर्स एसोसियसन’का अनुसार गत वर्ष जापानले कुल ५१ लाख ९५ हजार २१६ नयाँ कार विक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले कमी हो ।
समूहले दिएको तथ्याङ्कमा जापानको निसान कम्पनीबाट उत्पादित सवारी साधनको बिक्रीमा सबैभन्दा बढी न्यूनता देखिएको अर्थात् यस वर्ष निसानका उत्पादनमा १३.८ प्रतिशतले कमी आएको छ ।
निसानले यस वर्ष कुल तीन लाख ६७ हजार ५१४ कार बिक्री गरेको थियो । कम्पनीको प्रमुख नै रहेका समय निसानका पूर्व प्रमुख कार्लोस गोउनलाई सन् २०१८ को नोभेम्बरमा पक्राउ गरिएपछि यस कम्पनीले आफ्नो बजारलाई कायम राख्न नसकेको बताइने गरेको छ ।
गोउन पक्राउ परेपछि कम्पनीको व्यवस्थापनमा नै केही समय अस्तव्यस्तता देखिएको थियो भने अर्को तर्फ कम्पनीले आफ्नो बजारलाई कायम राख्न आफ्ना उत्पादनमा मूल्य घटाएको थियो । तर यसको प्रभाब बजारमा नकारात्मक रह््यो ।
जापानको अर्को ठूलो सवारी साधन कम्पनी टोयटा मोटर्स कर्पोरेसनले भने आफ्नो बिक्रीलाई २.७ प्रतिशतले वृद्धि गर्न सफल रहेको थियो । टोयटाले गत वर्ष एक लाख ५१ हजार ७४१ सवारी साधन बिक्री गरेको थियो । त्यस्तै होन्डा मोटर्सले सन् २०१९ मा कुल तीन लाख ५७ हजार २४२ कार बिक्री गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले कमी हो ।
त्यसैगरी, ६६० इन्जिन क्षमतासम्म भएका साना गाडीको बिक्री ०.७ प्रतिशतले घटेको र कुल एक लाख ९१ हजार ३४६ कार बिक्री भएको छ । जापानमा विगत वर्षहरूमासवारी साधनको उत्पादन तथा बिक्रीदर बढ्दो अवस्थामा रहेको थियो तर यसमा गत वर्ष एक्कासी कमी देखिएको जापान हल्का सवारी साधन तथा मोटर्स एसोसिएसनले बताएको छ ।
‘सेप्टेम्बर र अक्टुबरमा जापानले भोगेका श्रृङ्खलावद्ध प्राकृतिक विपत (आँधी)ले सवारी साधनको बजारलाई प्रभावित तुल्याएको हो,’ एसोसिएसनका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग बताए ।
उनले भने, ‘जापानमा गत वर्षको अक्टोबर १ देखि उपभोक्ता करलाई आठ प्रतिशतबाट १० प्रतिशत बनाइएको थियो र यो पनि सवारी साधनको बजार प्रभावित पार्ने एउटा माध्यम बन्नपुग्यो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस