क्यानर्बेरा-अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनस्र्थापना निकाय गठन गरिएको छ। प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोर्माक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमबार यसको घोषणा गरेका हुन्।
यस निकायको कोषमा प्रारम्भिक चरणमा झण्डै दुई अरब अष्ट्रेलियन डलर जम्मा गरिने बताइएको छ।“अष्ट्रेलियामा अहिले भइरहेको आगलागीको क्षतिपूर्ति र संकट व्यवस्थापनका लागि जे गर्नुपर्ने हो, त्यो सवै काम यस्ले गर्दछ,”। अष्ट्रेलियामा गत सेप्टेम्बरदेखि भएको आगलागीका घटनामा परी २४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।
यस निकायले आगामी दिनमा हुने क्षति न्युनिकरणका लागि पनि आधार तयार पार्ने उनीहरुको भनाई छ। अहिले कोषमा राखिएको रकमले आगलागीबाट प्रभावित परिवार, किसान, व्यवसायीलगायतलाई राहत पनि उपलब्ध गराउने प्रधानमन्त्री कोरिसनले बताए। अकल्पनीय आगलागीबाट पिडित सवैलाई सहयोग होस् भन्ने उद्धेश्यले राहत प्रदान गर्न लागिएको उनीहरुले जानकारी दिए।
“जो आगलागीबाट पिडित भएका छन्, जसको काम नै रोकिएको छ, जस्लाई पुनस्र्थापना गर्नुछ उनीहरुका लागि हामीले यस मार्फत् धेरै पछाडीसम्म काम गर्नुपर्दछ,” प्रधानमन्त्री मोरिसनले सञ्चारकर्मीसँग भने। नव गठित यस निकायको नेतृत्व अष्ट्रेलियाको संघीय प्रहरीका पूर्व आयुक्त अन्ड्रेव कोल्भीनले गर्ने भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस