काठमाडाैं- नेपाली कांग्रेसका बहुसंख्यक जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यसमितिको ११ पुसको निर्णयको विषयमा छलफल गर्न सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला आयोजना गरेका छन् ।
पार्टीसभापति शेरबहादुर देउवाको अध्यक्षतामा संस्थापन पक्षका मात्र केन्द्रीय सदस्यहरूले बहुमतका आधारमा ११ पुसमा केन्द्रीय कार्यसमिति बैठक गरी पार्टी विधान संशोधन गर्ने निर्णयप्रति असन्तुष्ट बनेका बहुसंख्यक जिल्ला सभापतिले विहान ११ बजे भेला बोलाएका हुन् ।
गत वर्ष ८ पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको विधान कार्यान्वयनमा नल्याई केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा विधान संशोधन गरेको भन्दै नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायतले सो निर्णय नमान्ने जनाउँदै आएका छन् ।
नेता पौडेल र सिटौला पक्षको आव्हानमा सोमबार बोलाइएको जिल्ला सभापति भेलामा ७७ जिल्लामध्ये ५० देखि ५२ जिल्लाका सभापतिहरूको उपस्थिति रहने पार्टीको झापा जिल्ला कार्यसमिति सभापति उद्धव थापाले जानकारी गराए ।
जिल्ला सभापतिहरूको भेलाले पार्टीका पुराना र प्रभावशाली नेताहरूलाई बैठक बाहिर राखेर बहुमतका आधारमा विधान संशोधन गरेको, सहमतिबिना नै महाधिवेशनको कार्यतालिका ल्याएको, विधान विपरीत विभागको संख्या थप गरेको विषयमा छलफल गर्ने भएका छन् ।
पार्टीका असन्तुष्ट केन्द्रीय सदस्यहरूले महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्ज र पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक र भेला गर्दै आएकोमा जिल्ला सभापतिहरूले भने पार्टी केन्द्रीय कार्यालयमै भेला बोलाएका हुन् ।
सोमबारको भेलाबाट पार्टी सभापति देउवालाई ११ पुसको निर्णय फिर्ता लिन पुस मसान्तसम्मको समयअवधि दिन र त्यस समयसम्म पनि निर्णय नसच्याए केन्द्रीय कार्यालयबाट गरिएका सबै परिपत्रहरू कार्यान्वनय नगर्ने निष्कर्ष निकाल्ने भएका छन् ।
जिल्ला सभापतिहरूले केन्द्रीय सभापतिले निर्णय नसच्याएमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिको भेला गराई सभापतिका सबै निर्देशन र ११ पुसपछिका निर्णय कार्यान्वनय नगर्ने निष्कर्ष निकाल्ने भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस