भक्तपुर- लामो समयसम्म विकासमा पछि परेको जिल्ला भक्तपुरले पछिल्लो समय भने व्यापक मात्रामा विकास र समृद्धिको ढोका खुलेका छन् । विगतका जनप्रतिनिधिले भक्तपुरको विकास र समृद्धिको पक्षमा पहल कदमी नलिनु नै जनताको विकास प्रतिको चाहना पुरा गर्न नसक्नु हो । तर वर्तमान निर्वाचित जनप्रतिनिधिका कारण अहिले दैनिक रुपमा एक वटा उद्घाटन वा शिलान्यास हुने गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा यो आर्थिक वर्षमा जनचाहना र आवश्यकता अनुसार केन्द्र सरकारको तर्फबाट नै सयौं योजनाहरु परेका छन् । जसमा यो आर्थिक वर्षमा ६८ वटा भन्दा बढी सडकका आयोजनाहरु केन्द्रीय सरकार अन्तर्गत निर्माण प्रारम्भ हुदै छन भने धेरै शुरू भईसकेका छन।
राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यवद्धता भन्ने मुल सिद्धान्तलाई मूख्य रुपमा आत्मसात् गर्दै सांसद बस्नेतले भन्छन ‘समग्र भक्तपुरको विकास र समृद्धिको विगत, वर्तमान र भविष्यको वारेमा विश्लेषण गर्दै योजनावद्ध रुपमा आगामी दिनमा आधुनिक र समृद्ध भक्तपुरका योजनाहरु जनतामाझ लैजानु अहिलेको अपरिहार्यता हो । विगतका जनप्रतिनिधिका कारण भक्तपुर विकासले तिर्खाउनुभएको थियो तर अब त्यो दिन क्रमिक रुपमा आगामी दिनमा भक्तपुरका जनताले विकासको तिर्खा मेट्ने गरी काम अघि बढेका छन् । विगतमा भक्तपुर विकासको दृष्टिकोणले बत्तीमुनीको अध्यारो जस्तै भएर बस्नु पर्यो । अब त्यो दिन सकिँदै गयो । भक्तपुर विकास र आर्थिक समृद्धि विना वस्न सक्दैन । संघियताको कार्यान्वयनसँगै तीनवटै सरकारले भक्तपुरको विकासलाई मूख्य केन्द्रको रुपमा राखेका छन् । जसको पुलको रुपमा मेरो भूमिका रहन्छ । विकासको सारथीको रुपमा रहन्छ । जनतको चाहना र आवश्यकतालाई मध्यनजर गरी विकासको गतिलाई तिव्रता दिन्छु ।’
यसै क्रममा आज पनि संघिय सरकारको तर्फबाट रु एक करोडको बजेटमा सूर्यविनायक पुरानो बसपार्क ट्रलि बसपार्क सुन्दर बस्ति पाण्डु बजार सडक शिलान्यास भएको छ ।
सडक, ढल, खोनेपानी, सरसफाई, सांस्कृतिक तथा धार्मिक संम्पदाको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकासको लागि समेत सांसद बस्नेतले विशेष भूमिका निर्वाह गरिरहनुभएको छ । भक्तपुरलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सम्पन्न गराउने लक्ष्यका साथ देशमा नै रोजगारीको वातावरण सिर्जना तथा आर्थिक समृद्धिका आयामहरुलाई समेत व्यापक मात्रामा पहिचान गरी अघि योजनाहरु अघि बढाएका छन् |
सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत अघि बढिरहेका छन् । अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, आधुनिक सुविधा सम्पन्न सभागहृ, आधुनिक वीर अस्पताल, सुरुङ मार्ग, सूर्यविनायकदेखी धुलिखेलसम्मको अरनिको राजमार्गलाई ६ लेनको बनाउने कार्य, हनुमन्ते तथा मनोहरा करिडोरलगायतका धेरै योजनाहरु निर्माणको प्रकृयामा रहेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ सालमा सांसद बस्नेतको नेतृत्वमा केन्द्र सरकारबाट भक्तपुर क्षेत्र न २ अंतरगतका योजनाहरु निम्नानुसार रहेका छन्,
१. ठिमी गाम्चा तर्खगाल सडक – ६ करोड
२. नाला सडक सल्लाघारी भंगाल सडक – ६ करोड
३. सूर्यविनायक पुरानो बसपार्क ट्रलि बसपार्क सुन्दर बस्ति पाण्डु बजार सडक – १ करोड
४. कौशलटार बालकोट विरुवा सडक – ६ करोड
५. पाण्डुबजार कटुन्जे गुण्डु सडक – ५ करोड
६. गुन्डु बसपार्क पिपलडाँडा दधिकोट जाने सडक – ५ करोड
७. सूर्यविनायक पाइलटबाबा ध्याम्पे डाँडा सडक – ५ करोड
८. ठिमी चार दोबाटो बालकोट चोक सडक – ५ करोड
९. साई गणेश मन्दिर चर्खण्डी पात्लेटार बिरुवा सुनपा ४ र १ वडा – ३० लाख
१०. ओम शान्ति कालिटार सुंयाल गाँउ चर्खण्डी – ३० लाख
११. भातेढिकुरो दिब्य डाँडा खड्का गाँउ बाघ सिंह मार्ग वडा कार्यालय सूनपा ९ – ३० लाख
१२. सल्लाघारी ख्यूटोल बनाचौर राउत गाउँ हाती गौडा – ३० लाख
१३. अरनिको राजमार्ग चुनदेवि तीनधारा जन स्वास्थ्य कोल डाँडा – ३० लाख
१४. भातेढिकुरोबाट नन्दिकेश्वर महादेव जाने सडक – ३० लाख
१५. सूर्यविनायक भुजुंगे सडक (गुण्डु स्वास्थ्य चौकी खण्ड) – ३० लाख
१६. थिमि ल कलेजबाट पूर्व हिन्चोक सूनपा ४ – २५ लाख
१७. थिमि गाम्चा तर्ख गाल कालिका डाँडा रानिकोट – ३० लाख
१८. संगम मार्ग – ताथली सडक – ३ करोड
१९. आदर्श बसपार्क वडा कार्यालय घाम्पेडाडा सडक – ४ करोड
२०. हिमचोक, गुन्डु , तिथली सडक – १ करोड ६० लाख
२१. ठिमी ट्रसपुल गणेश प्रा।वि बालकोट पानी ट्यांकी महेन्द्र शान्ति सडक – ५ करोड
२२. बलकोट गोदावरी महेन्द्र शान्ति चित्रपुर दधिकोट चोक सिकारीटार कृष्ण मन्दिर तर्खगाल अनन्तलिङ्गेश्वर खड्का गाउँ कालिका डाँडा धोविखोला रानीकोट सडक – ४० करोड
२३. डोलेश्वर चक्रपथ सडक – २३ करोड
२४. पलासे – डोलेश्वर सडक – १७ करोड
२५. बोडे टिकिनी सडक – ५० लाख
२६. बाप्पामहादेव – नगरपालिका जाने सडक – ५० लाख
२७. अरनीको राज मार्गबाट हनुमन्ते खोला सडक मनोहरा – १ करोड
२८. लोकन्थली मनोहरा पुलदेखि टिकाथली सडक – २५ लाख
२९. नागबेलीदेखि खस्याङ्ग खुसुङ्गं बोडे खण्ड सडक – ३० लाख
३०. सूर्यबिनायक, गणेशस्थान कृष्णमन्दिर सडक – ३ करोड
३१. विरुवा एनसेन टावर हुँदै कलिकाटार जाने सडक – १ करोड
३२. तर्खागाल भुजुंगे सडक – ३ करोड ३० लाख
३३. सूर्यविनायक दार्जीलिंग हाईट सडक – १ करोड
३४. सिर्जनानगर कटुन्जे सडक – ३ करोड
३५. सल्लाघारी कटुन्जे सडक – ३ करोड
चाँगुनारायण नगरपालिका
१. भत्केको पाटि जितपुर चरेली कलमसी नगरकोट बैकल्पीक सडक – १ करोड
२. गेलालगाउँ ज्योर्तिलिङ्गेश्वर सडक – १ करोड
३. चाँगुनारायण द्रुतमार्ग – १ करोड
४. कमलविनायक सुडाल अधिकारी गाउँनगरकोट सडक (दोहोरिएको) – १ करोड
५. कमलविनायक ओमकारेश्वर मन्दिरदेखि पाइपलाइन सडक – १ करोड
६. भक्तपुर नगरकोट देउपुर हिगुवा पाटी काभ्रे सडक – १ करोड
७. मुलसाँघु दक्षीणकाली मन्दिर ठुल ढुङ्गा सडक ८ – ३० लाख
८. बाँसबारी हेल्थपोष्ट वडा कार्यालय ७ – ३० लाख
९. मुलपानी गाँउडोल नगरकोट सडक ४ – ५० लाख
१०. भुतेखहरे करिडोर गाउडोल ज्योतिरलिङ्गेश्वर पकौनेपाति दक्षिणकाली खरिपाटी ४ – ३० लाख
११. इन्द्रेडी पौवा सडक – २० लाख
१२. ढुङ्गाँना गाँउ पोखेली गाँउ ज्योतिरलिङ्गेश्वर ४ – ७० लाख
१३. मनदेव क्लब चापाख्वाल रिफेल डाँडा पौवा सडक ४ – १५लाख
१४. पिपलबोट ताजमोट जाने बाटोमा कल्भट रिटेनिङ्ग वाल ४ – १५लाख
१५. बाँसवारी बागेश्वरी पुरानो हेल्थपोष्ट गा.वि.स भवन जाने सडक
१६. भक्तपुर जिल्लाचानपा ३ क्षेत्रपाल सडक तथा नाला
१७. चाँनपा गेलाल गाँउ देखि ज्योतिलिङ्गेश्वर महादेवस्थानसम्मको सडक तथानाला स्तरोन्नतीकार्य
१८. चाँनपा ८ भञ्ज्याङदेखि परमहंश आश्रम जाने सडक तथा नाला स्तरोन्नती (दोहोरीएको)
१९. चाँनपा ५ श्रीवन पंचलक्ष्मी उद्यान निर्माण कार्य
२०. चाँनपा ४ बसपार्क निर्माण कार्य
२१. चाँनपा ५ छालिङ्ग प्रतिष्ठानदेखि ब्रम्हकुमारी राजयोग केन्द्र नागडोल सडक स्तर उन्नती
२२. कमलविनायक कलमसी सुडाल सडक निर्माण
२३. चाँनपा ज्योर्तिलिङ्गेंश्वर डोल्छी नारायणटार डिहि न्यौपाने गाउँ सडक स्तरोन्ती
२४. चाँनपा ५ छायाँ बस्ती सडक स्तरोउन्नती
२५. चाँनपा ७ बाँसवारी पानी टैंकीदेखि कुसलटार हुँदै मुहानपोखरी जाने सडक स्तरोन्नती
२६. सघन सहरी विकास नगरकोट नपा ८ भद्रकालीबाट पगरीटोल हुँदै सुडाल ताथली जोड्ने सडक स्तरोन्नती (दोस्रो चरण)
२७. चाँनपा सडक ढल लगायत एकीकृत शहरी पुवार्धार निर्माण कार्य
२८. चाँनपा २ मेनरोडबाट के।सी टोल राधा कृष्ण सत्सगभवन, नयाँ वडा कार्यालय जाने बाटो तथा नाला स्तरोन्नती
२९. चाँनपा ८ भञ्ज्याङदेखि परमहंश आश्रम जाने सडक तथा नाला वडा ८ चरेली हुदै खड्का डिल बालमिकेश्वर स्कुलसम्मको बाटो स्तरोन्नती
३०. चाँनपा ३ झौखेल आचार्य टोलबाट यापी भैरव हुदै भक्तपुर नगरपालिका जोड्ने सडक स्तरोउन्नती
३१. चाँनपा ३ झौखेलको वापो पुल खस्याङ्ग खुसुंङ्ग खोलदेखि उत्तर मिलि टोल हँुदै भटा चोकसम्मको सडक विस्तार तथा स्तर उन्नती
३२. सहरी सडक विस्तार कार्यक्रम अन्र्तगत चाँनपा ३ खरिवोट डाँडाघर सडक स्तरोन्नती
३३. चाँनपा १ कासुला टोल नयाँवस्ती सडक स्तरोन्नती कार्य
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस