काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेल सोमबारबाट सुरु हुँदैछ ।
लिगको चौंथो चरणको खेल बिहिबार सकिएपछि खराब मौषमको कारण खेल दुई दिन पछि सारिएको हो । लगातारको वर्षाले मैदान खेल्न योग्य नहुदा अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल समितिले खेल दुई दिन सार्ने निर्णय गरेको थियो ।
पाँचौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पाचौं चरणको पहिलो दिन दुई खेल हुनेछन् ।पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
लिगमा अपराजित रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै केहि समयको लागि शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ । एनआरटी भने जावलाखेललाई पराजित गर्दै शीर्ष ६ भित्र स्थान बनाउने योजनामा हुनेछ ।
जावलाखेल ८ अंकसहित चौंथो स्थानमा रहेको छ । शीर्ष स्थानको मनाङ मर्स्याङ्दीको १० अंक रहेको छ । आठौं स्थानको एनआरटीको ४ अंक रहेको छ ।सोमबार हुने दोस्रो अपराजित दुई टोली मछिन्द्र क्लब र साविक विजेता मनाङबीच खेल हुनेछ । जुन खेलले लिगको शीर्ष स्थानको टुंगो लगाउने छ ।
यस खेललाई सबैको प्रतिक्षाको खेलको रुपमा समेत हेरिएको छ । किनकी मनाङबाट खेल्दै आएका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन् । उनीहरुले पूर्व क्लबविरुद्ध खेल्नेछन् ।यस्तै मनाङसँग राष्ट्रिय टिमका एक मात्र खेलाडी अन्जन बिष्ट रहेका छन् । ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन प्रतिबन्ध फुकुवा हुँदै मछिन्द्रविरुद्ध खेल्ने छन् ।
पाँचौ चरण अन्तर्गत मंगलबार एक खेल मात्रै हुनेछ । जसमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिडनेछन् । खेल दिउँसो ३ बजे हुनेछ । दुबै टिमले जारी लिगमा जित निकाल्न सकेका छैनन् । रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै रेलिगेशन जोनबाट माथि उक्लने दाउमा हुनेछन् ।
लिग अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा थ्री स्टार छैटौं र ब्रिगेड सातौं स्थानमा रहेका छन् ।यस्तै दोस्रो खेलमा च्यासल युथ र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ । जारी लिगमा पुलिस छैठौं स्थानमा छ भने च्यासल नवौं स्थानमा छ ।
पाँचौ चरणको अन्तिम दिन दुई खेल हुनेछन् । बिहीबार हुने खेलमा संकटा क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लब र सरस्वती युथबीच प्रतिस्पर्धा हुँदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस