काठमाडौं – राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा अनियमितता गरेको भन्दै दोषी ठहर भएका शम्भु भारती रिहा भएका छन् । सर्वोच्च अदालतले बाहिरै बसेर मुद्दा लड्न पाउने आदेश गरेपछि उनी आइतबार रिहा भएका हुन् । गत भदौ १३ गते भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सदर खोर डिल्लीबजारमा सजाय काटिरहेका थिए ।
भारतीले दिएको पुनरावलोकनको निवेदनमा बाहिर बसेर मुद्दा लड्न पाउने आदेश भएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । गत मंसिर अन्तिम साता भारतीको निवेदनअनुसार अदालतले आदेश दिएको थियो ।
भारतीलाई १४ करोड २० हजार ८ हजार ३ रुपैयाँ जरिवाना र एक वर्ष जेल सजाय सुनाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस