एजेन्सी-जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना नेताको हत्याको बदला लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले हमला गरे इरान ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
ट्रम्पले कुनै पनि अमेरिकी नागरिकमाथि इरानका तर्फबाट हमला भए ५२ स्थानमा हमला गरी ध्वस्त बनाउने चेतावनी दिएका हुन् । इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।
इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ । ट्रम्पले ट्वीटरमा लेख्दै इरानले बिनाकुनै संकोच अमेरिकी हमलाको तयारी गरिरहेको बताएकाले आफूहरूले पनि इरानका ५२ वटा स्थानलाई लक्ष्य बनाइसकेको बताएका छन् । उनले ५२ स्थानमा इरानका निकै महत्त्वपूर्ण र ऐतिहासिक स्थानहरू पर्ने पनि उल्लेख गरेका छन् ।
यदी इरानले हमला गरे हामी पनि निकै छिटो र घातक रूपमा आक्रमण गर्नेछौं,’ उनले लेखेका छन्, ‘अमेरिका धम्की सुन्न चाहँदैन ।’ इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले अमेरिकासँग इरानी सेनाका कमाण्डर जर्नेल कासिम सुलेमानीको हत्याको बदला लिने बताएका छन् ।
नेता खामेनीले अमेरिकाविरुद्धको लडाइँ जारी रहने पनि बताएका छन् । अमेरिकाले आफूविरुद्ध आक्रमणको योजना बनाएको भन्दै सुलेमानीमाथि कारबाही गरेको बताएका छ । तर, मध्यपूर्वमा इस्लामिक स्टेट(आईएस) विरुद्धको लडाइँमा कासिम सुलेमानीको प्रमुख भूमिका रहेको सीएनएनका पत्रकार निक प्याटन वाल्सको विश्लेषण छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस