काठमाडौं -तिहार भनेपछि सबैको मनमा सेलरोटीको चित्र आउँछ। यमपञ्चकका पाँच दिनमा सेलरोटी खाने नेपाली परम्परा छ। तर धेरै चिल्ला सेलरोटी खाएमा शरीरमा कोलस्टोरको मात्रा बढाउँछ। कोलस्टोर बढेमा उच्च रक्तचाप र मुटुको समस्या हुन्छ। साथै चिल्ला सेलरोटीपछि भात खाएमा पनि स्वास्थ्यमा समस्या हुने वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्य बताउँछन्। ‘चार वटा सेलले एक पटक खाना खाने जति शक्ति दिन्छ त्यसैले सेल खाएपछि भात खानु स्वास्थ्यका लागि हानिकारक छ,’ उनले भने।
एकपटक प्रयोग गरेको तेल अर्कोपटक प्रयोग गर्न नहुने डाक्टर वैद्यको सुझाव छ। सेलरोटी खाएसँगै फलफूल र हरियो सागसब्जीको प्रयोग पनि बढाउनु पर्ने उनको सुझाव छ।सेल खाएको बेलामा फलफूलको प्रयोग बढी गरेमा त्यसले कोलस्टोर बढ्न नदिने उनको तर्क छ। किड्नीको समस्या नभएकाले प्रशस्त मात्रामा फलफुल खादाँ स्वास्थ्यलाई फाइदा हुने वैद्यले बताए।
पैसा जित्न नभई रमाइलोको लागि तास खेल्दा स्वास्थ्यका लागि फाइदा हुने वैद्यको दाबी छ। ‘रमाइलोका लागि तास खेलेमा यसले मानसिक तनाव कम गर्छ, शरीरलाई आराम हुन्छ, मानसिक तनाव कम भएपछि स्वास्थ्यलाई पनि फाइदा पुग्छ’ उनले भने ‘समय मिलाएर बेलाबखत तास खेलेमा शारीरिक व्यायामको जस्तै फाइदा हुन्छ।’
परिवार र साथीभाइसँग बसेर तिहारको बेलामा रमाइलोका लागि तास खेल्दा त्यसले परिवारमा आत्मीयता बढाउने र शरीरलाई समेत स्वस्थ बनाउने उनको दाबी छ।
थोरै मात्रामा मदिरा खाएमा त्यसले शरीरलाई फाइदा गर्ने उनको भनाइ छ। मात्ने गरी मदिरा पिउने प्रवृत्तिका कारण समस्या आएको तर थोरै अड्कलेर खाएमा मदिराले फाइदा गर्ने उनको तर्क छ। ‘थोरै मदिराले त औषधीको नै काम गर्छ,’ उनले भने ‘तीस एमएलसम्म मदिरा खानु राम्रो हो।’
उच्च रक्तचापको समस्या नहुनेले एउटा बियरसम्म खाँदा स्वास्थ्यलाई फाइदा गर्ने उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस