काठमाडाैं-राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश २ को निर्वाचनका लागि राजपाले दुईजना उम्मेदवार छनोट गरेको हो ।
प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजपाले अन्य समूहबाट पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव तथा अल्पसंख्यक/अपांगता भएका व्यक्तिको समूहबाट अर्का वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा पार्टीको अक्ष्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले सर्वसम्मतीमा उम्मेदवार छनोट गरेको हो ।
प्रदेश २ मा खाली हुन लागेका दुई सिटका लागि राजपाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेको छ । दुवै पार्टीले २–२ सिट बाँडेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस