काठमाडौं – मोबाइल बैंकिङ सेवा लिइरहेका सेवाग्राहीहरुले अब एक दिनमा ५० हजार रुपैयाँ र प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार इन्टरनेट बैंकिङ (मर्चेन्ट बैंकिङ) मा प्रतिदिन १० लाख प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) मा प्रति दिन १० लाख र महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्न यो व्यवस्थाले कुनै समस्या नपर्ने देखिएको छ ।
सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरु सम्बन्धित निकायहरुले विद्युतीय माध्यमबाट भुक्तानी गर्न नीतिगत निर्णय गरी आवश्यक व्यवस्था गरेको अवस्थामा बील बमोजिमको रकम मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्न सक्ने छन् ।
नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था (विद्यालय/कलेज) स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेष्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता, बीमा प्रिमियम, धितोपत्र सम्बन्धी कारोबारमा भुक्तानी गर्नुपर्ने शुल्कहरुको बिल बमोजिमको रकम मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।
त्यसको लागि प्रतिदिन ५० हजार वा मासिक २ लाख रुपैयाँभन्दा बढी भएमा कुनै असर नपर्ने देखिएको छ । यसरी भुक्तानी गरिएको रकमको विवरण भने अद्यावधिक राख्नुपर्ने व्यवस्था रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस