काठमाडौं – प्रविधिको विकास र सहज पहुँचले संसारलाई नै नजिक बनाएको छ । विकसित धेरै प्रविधिमध्ये मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । अडियो, भिडियो तथा समाचार प्राप्त गर्ने पहिलो माध्यम नै मोबाइल हुँदा यसको प्रयोग झन् बढेको छ । फेसबुक, स्काइप, ट्विटरजस्ता सामाजिक सञ्जालले यसको महत्व बढाएको छ । नेपालजस्तो लोडसेडिङको मारमा परेको देशलाई त ल्यापटप, कम्प्युटरभन्दा पनि मोबाइल उपयुक्त भएको छ । तर, मोबाइल धेरै प्रयोग गर्दा पुर्याउने असरका बारेमा भने धेरैले त्यति ख्याल गरेको पाइँदैन । यससम्बन्धी सयौँ अनुसन्धान पनि भइरहेका छन् ।
चुम्बकीय प्रदूषण
विज्ञानको भाषामा पृथ्वीको हरेक क्षेत्र जस्तै हाम्रो शरीरमा पनि चुम्बकीय विद्युत् क्षेत्र हुन्छ, जसलाई मापन गर्न पनि सकिन्छ । त्यसैले प्रकृतिसँग एकाकार भएर बसेका वेला हाम्रो शरीरमा ऊर्जा भरिएको महसुस गर्छौं । प्रविधिको आविष्कारले मानव जीवन सहज बनाए पनि त्यसको प्रदूषणले निम्त्याउने असरबारे हामी चनाखो भएका छैनौँ । यो अत्यन्त सूक्ष्म हुने भएकाले थाहा नपाउने गरी असर पुर्याइरहेको हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । हाई भोल्टेज तार, मोबाइल टावर, फ्रिज, भ्याकुम क्लिनर, मोबाइलफोन, कम्प्युटर, टिभी, हिटरजस्ता विद्युतीय यन्त्रहरूबाट चुम्बकीय प्रदूषण भइरहेको हुन्छ ।
मोबाइलले स्वास्थ्यमा पार्ने असर
मोबाइलले रेडियो फ्रिक्वेन्सी लिने र पठाउने वेला चुम्बकीय क्षेत्र बनाउँछ । सो चुम्बकीय क्षेत्रले मानिसलाई असर पु¥याउँछ । कमजोरी, टाउकोदुखाइ, थाइराइडको समस्या, आँखाको समस्या, डिप्रेसन, केस झर्ने, निद्रा नलाग्ने, मुटुरोग, मिर्गौलाको समस्या, उच्च रक्तचाप, मस्तिष्कको क्यान्सर आदिजस्ता गम्भीर रोग लाग्न सक्छ ।
अनुसन्धानका केही तथ्यहरू
स्विडेन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनमा दुई मिनेट गरेको कुराकानीले मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्याउँछ । जसले स्नायुतन्त्रलाई हानि गर्ने एल्युमिन प्रोटिन मस्तिष्कमा प्रवेश गर्छ । मोबाइलको प्रयोगले अल्जाइमर, पार्किन्सन्सजस्ता मस्तिष्कसम्बन्धी रोग पनि लाग्न सक्छ । अहिलेसम्म भएका १५ हजारभन्दा बढी अनुसन्धानले यस्तो खतराको पुष्टि गरिसकेका छन् ।
न्युजिल्यान्डस्थित लिनकालिन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनको विद्युत् चुम्बकीय क्षेत्रले मानिसलाई डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थितिसम्म पुर्याउन सक्छ । मोबाइलको विद्युत् चुम्बकीय क्षेत्रले मिनरल, हरमोन, क्याल्सियम आदि तत्वमा असन्तुलन बनाएर हाम्रो मनोशरीरमा असर पुर्याउँछ ।
कोरियामा रेडियो फ्रिक्वेन्सीसम्बन्धी अध्यापन गरिरहेका डा. भानु श्रेष्ठका अनुसार सन् १९९३ मा मोबाइलफोनको एन्टेनाबाट निस्केको रेडियो फ्रिक्वेन्सी सुरक्षाको बारेमा वैज्ञानिक डा. जर्ज कार्लो र उनको समूहले ६ वर्षसम्म लगाएर अनुसन्धान गरेको थिए । अनुन्धानमा मोबाइलको प्रयोगले मस्तिष्कको ट्युमर हुन सक्ने अर्थात् मस्तिष्कको क्यान्सरलाई दुईदेखि पाँच गुना बढाउने तथ्य सार्वजनिक गरेको थियो । त्यस्तै, मोबाइलको एन्टेना प्रयोग गरे मस्तिष्कको क्यान्सर हुने सम्भावना रहेको पनि पत्ता लगाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस