इलाम-भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ।
पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एक/एक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएका हुन्।
पर्यटकलाई थप आर्कषित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रर्वद्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होटलमा सो सुविधा दिइएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए।
इलाम आइपुगेका जापानी पर्यटक युकिड मितामुरा र चार जना नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रुपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ।
लक्की पर्यटक घोषित भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्यता आफ्नो देशमा बाँड्ने बताए । इलाम आउने पर्यटकलाई लक्षित गरी इलामबाट काठमाडौँसम्म र काठमाडौंबाट इलामसम्म आउने एक जना पर्यटकलाई शुभेच्छा ट्राभल्सले निःशुल्क टिकटको व्यस्था गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस