सुर्खेत-सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ ।
विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि तीन राउण्ड फायर गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको पुष्टि गरे | विप्लव समूहका जिल्ला नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो ।
प्रहरी उपरीक्षक पन्तले शाहीको घरमा नपुग्दै जङ्गलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको बताए । शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो ।
‘प्रहरीलाई देख्न वित्तिकै ८–१० जनाको सङ्ख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरे, हाम्रो तर्फबाट दुई जनामात्रै भएकाले पक्राउ गर्न सकेनौं,’ इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले भने ,’अहिले थप प्रहरी परिचालन गरेर जङ्गल क्षेत्रमा उनीहरुको खोजी भइरहेको छ ।’
यसैबीच, विप्लव समूहले हिजोराति सुर्खेतका विभिन्न स्थानमा रहेको एनसेल टावरमा बम राखेको थियो । भेरीगङ्गा नगरपालिकाको एनसेल टावरमा आगजनी गर्नुका साथै वीरेन्द्रनगर पिपिरास्थित एनसेल टावर नजिक बम राखेको थियो । उक्त बम आज बिहान नेपाली सेनाले निष्क्रिय पारेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस