हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विविधताबीचको एकता नै देशको पूँजी र पहिचान भएको बताएका छन् । गुरुङ समुदायको महान्चाड तमु ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै मुख्यमन्त्री पौडेलले तमु ल्होसारले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पौडेलले ‘फो ल्हो’ अर्थात् मृगवर्षलाई बिदा दिँदै ‘च्यु ल्हो’ अर्थात् मुसावर्षलाई नयाँ वर्षका रुपमा मनाइने यसवर्षको ल्होसारले नेपाली नेपालीबीच भाइचारा वृद्धि गर्न सकोस् भन्ने कामना गगरेका छन् । ‘गुरुङ (तमु) जातिको महान् पर्व तमु ल्होसारका अवसरमा सुख, शान्ति एवं संवृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । विविधताबीचको एकता नै हाम्रो पूँजी र पहिचान हो’, सन्देशमा उल्लेख छ ।
‘गुरुङ (तमु) समुदायले मनाउने यस पर्वले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास गरेको छु । अन्त्यमा, गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा यहाँहरु सबैको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस