काठमान्डौ-नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवसरमा बुधबार ‘राइड टू चौदण्डी’ अभियान कार्यक्रम शुरु गर्ने भएको छ।
सन् २०२० को नयाँ वर्षको शुरुको अवसर पारेर नगरका ११ स्थानका महत्वपूर्ण पर्यटकीयस्थलमा ६० किलोमिटर दूरीसम्मको बृहत् साइकल यात्राको अभियान शुरु गर्न लागिएको छ।
नगरपालिकाले नगरका सम्पूर्ण सरकारी सङ्घसंस्था विद्यालयहरुलाई समेत सार्वजनिक बिदा दिएर नगरको उक्त अभियानमा सहभागी गराई अभियान सफल बनाउन लागिएको हो। नेपाल भ्रमण वर्ष सन् २०२० सँगै नगरपालिकाले पनि नगरका ११ वटा महत्वपूर्ण पर्यटकीयस्थलको पहिचान गराउन र मुख्यगरेर ऐतिहासिक चौदण्डीगढीको पर्यटन विकासका लागि नै लक्षित गरेर यो अभियान शुरु गर्न लागेका हो।
करिब ६० किलो मिटरसम्मको साइकल यात्रामा विद्यार्थी, राजनीतिक दलका नेता जनप्रतिनिधि, व्यापारी, उद्योगीसहित नागरिक समाजका अगुवाहरुको समेत सहभागिता हुनेछ। राइड टू चौदण्डी यात्रामा मुख्यतः चौदण्डीको बेल्टार बजार, विरेन्द्र बजार हुँदै महत्वपूर्ण पर्यटकस्थल सुगाचरी, शान्तिवाटिका, बिसासय मन्दिर, कोवाखानी डाँडा, पिकनिक स्थल, रमितेडाँडा, थानपोखरी, भीमसेनथान हुँदै ऐतिहासिक चौदण्डीगढी पुग्ने कार्यक्रम रहेको छ।
चौदण्डीगढीमा दृश्यावलोकन स्तम्भ, सडक, खानेपानीदेखि चौदण्डीगढीमुनि सुनकोशीको रानीटारमा र्याफ्टिङसहितका कार्य अहिले सञ्चालन भइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस