काठमाडौँ- सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
भ्रमण वर्षमा २० लाख पर्यटकको स्वागत गर्नेमात्र नभई आगामी सन् २०२० सम्मलाई पर्यटक दशकका रुपमा मनाएर नेपालको आर्थिक समृद्धिलाई पर्यटनमार्फत बडोत्तरी गर्ने लक्ष्य पनि निर्धारण गरेको छ ।
जनवरी १ तारिखका दिन भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ भने त्यसको छ महिनापछि पर्यटक दशकको घोणाको तयारीमा जुटेको तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।
भ्रमण वर्षको नेतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले पटकपटक भन्दै आएको पर्यटक दशक कार्यक्रमलाई अभियानकैरुपमा अघि बढाएर महत्वपूर्ण पर्यटकीय पूर्वाधार विस्तारमा केन्द्रित हुने जनाइएको छ ।
भ्रमण वर्ष राष्ट्रिय महोत्सवको अभियान मात्र हैन यसले सिङ्गो मुलुकलाई एकताबद्ध गराई विश्वसामु नेपालको पहिचानलाई झल्काउन पनि सहयोगसिद्ध हुने विश्वास लिइएको छ ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको सन्दर्भमा सबै राजनीतिक दलका प्रमुखसँग पनि छलफल गरेको र अभियानलाई सफल बनाउने राजनीतिक प्रतिबद्धता तथा निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, गैरसरकारी संस्था सबैको सहभागिता र सक्रियताले राष्ट्रिय एकताको भावनालाई मजबुद तुल्याएको बताए ।
‘भ्रमण वर्षलाई राष्ट्रिय उत्सवकैरुपमा लैजानुपर्नेमा सबै क्षेत्रको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यवस्थापक मात्रै हो, सिङ्गो देश यो अभियानको आयोजक हो । हामीले १८ मङ्सिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखसँग मन्त्रालयमा छलफल गरेका छौँ । सबै राजदूतले साच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रियासहित खुशी व्यक्त गर्नुभएको छ”, उनले भने ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको शुभारम्भको दिन सरकारले सबैलाई देशभरि दिपावली गरेर स्वागत गर्न आह्वान गरेको भन्दै सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीतिक नियोगका कार्यालयमा दिपावली गर्न आग्रह गरे ।
उनले भने , ‘त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको सङ्केत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिरउन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईहरु मार्फत आम जनसमुदायलाई अपिल गर्न चाहान्छु, सबैले दिपावली गरौँ र दुनियाँलाई भनौँ, ‘अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ ।’
पर्यटनमन्त्री भट्टराईले देशको प्रतिष्ठासँग गासिएको भ्रमण वर्षको तयारीदेखि शुभारम्भको पूर्वसन्ध्यामा आइपुग्दासम्म नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गर्दै देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको उल्लेख गरे ।
नेपाल भ्रमर्ण वर्ष–२०२०’को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधबार) दशरथ रङ्गशालामा राष्ट्रपतिले उद्घाटन गर्नेछिन् । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन । कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुखज्यू, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख, विभिन्न देशका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ ।
शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोशाकसहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहनेछ । नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति रहनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस