अब भक्तपुर समृद्ध हुन्छ -सांसद एवं पूर्वमन्त्री बस्नेत
भक्तपुर- भौतक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतसहितको टोलीले भक्तपुरका दुई वटा सडकको अनुगमन गरेको छ ।
विगत ६ वर्ष अघिदेखी अलपत्र परेको कमलविनायकबाट नगरकोट जाने सडक तथा पेप्सीकोलादेखी ख्स्याङखुर्सुङ खोलासम्मको सडकको आज स्थलगत अनुगमन गरेको हो ।
रु ३० करोडको लागतमा निर्माणाधिन रहेको कमलविनायक–नगरकोट सडक सैलुङ कम्पनीले ६ वर्ष अघि निर्माणको जिम्मा लिई हालसम्म पनि सम्पन्न गर्न सकेको छैन । त्यस्तै काठमाडौँ उपत्यका सहरी विकास आयोजनाद्वारा रु ७१ करोडको लागतमा निर्माणको क्रममा रहेको पेप्सीकोलादेखी खर्स्याङखुर्र्सुङ खोलासम्मको सडक समेत अनुगमन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र सडक निर्माणमा संसारको ध्यान समेत यस पर्यटकीय सडक निर्माणमा रहेको बताउँदै मन्त्री नेम्वाङले निमार्ण कार्यलाई तिव्रता दिई आगामी चार महिना भित्र सडक निर्माण पूर्ण रुपमा सम्पन्न गर्न निर्देशन दिए । उनले अग्रेजी नयाँवर्षको पहिलो चौमासिक भित्र नगरकोट सडकको सम्पूर्ण काम सक्न निर्देशन दिदै भ्रमण वर्ष सुरु भईसकेको अबस्थामा यो सडकलाई धूलो मुक्त बनाउन समेत जोड दिए ।
स्थानीयको कुनै अबरोध नभई पूर्ण रुपमा सहयोग हुदाहुदै पनि व्यवसायीले काम रोक्नु बिडम्बना भएको बताउदै उनले कुनै समस्या भए नीतिगत रुपमा समाधान गर्न सकिने बताए ।
सरकार सडकदेखि बिभिन्न नविनतम पूर्वाधारहरु निर्माणमा अगाडि बढेको बताउदै मन्त्री नेम्बाङ्गले प्रधानमन्त्रीको अभियानलाई अबरोध पुग्ने गरि कार्यान्वयनमा ढिलाई भए अब व्यवसायीलाई पनि कारबाही गरिने बताए ।
सरकारले चाहेको प्रतिफल प्राप्त गर्न नसक्ने अबस्था अब हुन नहुने भन्दै कार्यान्वयनमा रहेका सबै निकायलाई जिम्मेवार बन्न उनले निर्देशन दिए । योजना कार्यान्वयनमा पनि जवाफदेहिता गर्न निर्देशन दिदै मन्त्री नेम्वाङ्गले आलटाल गरेर बसे कारबाही हुने भनाई राखे । तराईदेखि पहाडसम्मको आवागमनमा भक्तपुर जोडिएको बताउदै उहाँले भक्तपुर समृद्ध भए सिंगो उपत्यका समृद्ध हने धारणा मन्त्री नेम्वाङ्ग छ ।
अब भक्तपुर समृद्ध हुन्छ -सांसद एवं पूर्वमन्त्री बस्नेत
नगरकोट सडक अनुगमनको क्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री बस्नेतले नगरकोट सडकको खरिपाटीसम्म बेस हालेर कालोपत्रको तयारी भएको बताउदै चालू आ.ब. भित्रै सबै काम सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रालय र सडक बिभागले कडा रुपमा पहल गर्नुपर्नेमा जोड दिए ।
भक्तपुरको सूृर्यविनायक क्षेत्रमा यसवर्ष ३ वटा ठूला पुलहरुको निर्माण गर्ने बताउदै हनुमन्ते करिडोर छिटो सम्पन्न गर्न, बेलिब्रिज निर्माण, मनोहरा करिडोर निर्माण, बीर अस्पताल निर्माण, सानोठिमी सडक विस्तार गर्ने कार्यलाई पूर्णता दिनु आवश्यक रहेको भनाई राखे ।
उनले पेप्सीकोला सानोठिमी हुदै कमलविनायक जाने सडक अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको पेप्सीकोला सानोठिमी सडक महत्वपूर्ण रहेको बताउदै बाहाखा बजार क्षेत्रमा एकतर्फी सडक संचालन गर्नुपर्नेमा जोड दिए । उनले बाहाखा बजार क्षेत्रमा आठ मिटरको मापदण्ड सडक आयोजनाले निर्माण गर्ने र नगरपालिकाले फुटपाथ निर्माण गरेर ११ मिटरको सडक संचालन गर्न सकिनेतर्फ ध्यान दिनु पर्ने औल्याए ।
सांसद बस्नेतले एसओएसदेखि मनोहरासम्मको सडकको समस्या समाधान गरेर २० मिटरको बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले मनोहरा करिडोर ५५ करोड रुपैया बजेटमा काम सुरु हुन लागेको बताउदै भक्तपुरलाई समृद्ध बनाउन लागिपरेको बताए ।
त्यसअवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोट सडक निर्माण सम्पन्न गर्न पटक पटक सरोकारवाला निकायदेखि नेकपा अध्यक्ष प्रचण्डसम्म पुग्दा पनि आयोजनाले ढिलाई गरेको बताए । उनले तत्काल यो सडक निर्माण सम्पन्न गर्न मन्त्रालय र विभाग गम्भिर भएर दबाब दिईरहनु पर्ने औल्याए । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बाहाखा बजार सडकलाई मुआब्जा दिएर फरािकलो पाुर्नपर्नेमा जोड दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस