काठमाडाैं-केन्द्रीय समितिले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका, तरुण दलको म्याद थप र विभागको संख्या बढाउने लगायतका निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमा चिढिएको छ।
शुक्रवार साँझ पौडेल खेमाका नेताको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू मान्य नहुने भन्दै शनिवार पौडेलले त्यसलाई सच्याउनुपर्ने बताए।
पौडेलले केन्द्रीय समितिले गरेका निर्णय अवैधानिक र विधानविपरीत भएको भन्दै देशैभरका नेता तथा कार्यकर्तालाई सजग हुन पनि अपिल गरेका छन्।
‘एकातिर महाधिवेशनको तिथि घोषणा गर्ने, अर्काेतिर हुँदै नभएका पदहरू सिर्जना गरेर बाँड्न खोजेको देखियो,’ पौडेलले भने, ‘विधानका संवेदनशील धाराहरू खारेज गरिएको छ। केन्द्रीय समितिको निर्णयले पार्टीको वैधानिकतालाई भताभुङ्ग पार्ने कोसिस गरेको छ।’
पौडेलले राष्ट्रिय आमनिर्वाचनको तिथिसमेत रुष्ट रहेका विपक्षी दललाई मनाएर मात्र घोषणा गर्ने नेपालको राजनीतिक संस्कार सम्झे। उनले भने, ‘आमनिर्वाचन समेत विपक्षी पार्टीहरूको सहमतिमा घोषणा गरिन्छ तर लोकतन्त्रको धरोहर मानिने नेपाली कांग्रेसभित्र असन्तुष्ट पक्षलाई लत्याएर यस्तो निर्णय गरियो।’
पौडेलले २०७७ सालको फागुनमा गर्ने भनिएको महाधिवेशन कथंकदाचित केही दिन ढिलो हुने स्थिति आयो भने कांग्रेस नै नरहने परिस्थिति बन्ने चिन्ता व्यक्त गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस