काठमाडौं – नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक्लैले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।
आइतबार गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिका कमिटीको शपथ ग्रहणमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी तीन वर्षको सरकार र पार्टीको कामले नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने वातावरण सिर्जना गर्ने दाबी गरेका हुन् ।
“आउने दिनमा संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना गर्न सकिन्छ,” उनले भने ।
अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले मात्रै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र सम्वर्धन गर्न सक्ने दाबी गरे । त्यस्तै नेकपाले मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षाको सम्बोधन गर्न सक्ने दाबी समेत गरे ।“यो स्थापित तथ्य हो । अझै बढी मिमिनेत गरेर आउने दिनमा यसलाई स्थापित गर्नुपर्छ,” उनले भने ।
उनले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको कुरामा सरकार, पार्टी गम्भीर रहेको बताउँदै एक इन्च भूमि पनि नछोडिने प्रष्टीकरण दिए ।
उनले यो विषय कूटनीतिक तरिकाले समाधान गरिने पनि जानकारी दिए । कालापानी क्षेत्रबाट विदेशी सेना हटाउने सरकारलाई अवसर आएको उनको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस