मेलम्ची– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा दोस्रो चरणको लामो पर्यटन मार्ग (ग्रेट ट्रेल) निर्माण शुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले गाउँपालिकाले सो पैदल मार्ग निर्माण शुरु गरेको हो । काठमाडौं, भक्तपुरलगायत स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले ग्रेट ट्रेल निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताएका छन् । वडा नं ६ र १ को बीचबाट पहिलो चरणको काम शुरु गरिएकामा दोस्रो चरणमा वडा नं ३ को नागीडाँडाबाट शुरु भएको छ ।
हेलम्बु हिमालयन ग्रेट ट्रेल नामकरण गरिएको सो मार्ग हेलम्बुु–३ बुद्घपार्कबाट शुरु भएर शेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङ्सिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ । साठी किलोमिटर लामो ग्रेट ट्रेल हेलम्बुको मात्र नभई देशकै गौरवको आयोजना भएकाले यसमा सरकारले लगानी गर्ने हो भने करीब १० वर्षभित्र लगानी उठ्ने अध्यक्ष शेर्पाको जिकिर छ । नेपालको घुम्नैपर्ने ठाउँमध्ये सिन्धुपाल्चोकको हेलम्बु पनि रहेको र ग्रेट ट्रेल निर्माणपछि उल्लेख्य रुपमा पर्यटक भित्रने गाउँपालिकाले विश्वास लिएको छ । ग्रेट ट्रेलमा रु तीन अर्ब ५० करोेड कुल लागत अनुमान गरिएको छ ।
धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माण सम्भव नभएकाले चालु आवमा सङ्घीय सरकारबाट रु एक करोड विनियोजन भएकाले आयोजनालाई गति दिन सहयोग मिलेको अध्यक्ष शेर्पाले बताएका छन् । पर्यटन प्रवद्र्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण शुरु गरिएको शेर्पाले बताए । ठूलो लागत पर्ने भएकाले गाउँपालिकाको बजेटले मात्र सम्भव नभएकाले माथिल्लो सरकारसँग निरन्तर हातेमालो गर्दै पर्यटन मार्गलगायत अन्य विकासनिर्माणका कामलाई अगाडि बढाउँदै जाने अध्यक्ष शेर्पाको भनाइ छ ।
काठमाडौँबाट नजीकको पर्यटकीय गन्तव्य सिन्धुपाल्चोकको हेलम्बुमा काठमाडाँैमा आउने सम्पूर्ण पर्यटकलाई भित्र्याउने लक्ष्य गाउँपालिकाले लिएको छ । हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने र ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिए । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि घरबास, स्थानीय होटल व्यवसाय र स्थानीय कला र संस्कृतिको समेत प्रचारप्रसार हुने र आयआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । ग्रेट ट्रेलबाट धरैले रोजगारीसमेत पाउनेछन् । चीनपछिको दोस्रो ठूलो ग्रेट ट्रेल भएको हुनाले पनि हेलम्बुमा पर्यटकको लर्को लाग्ने विश्वास गाउँपालिकाले लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस