काठमाडौं -कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेको आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ |
समाचार अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्ने लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्।
केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पु¥याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको छ।
बैठक वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका थिए।
केन्द्रीय कार्यसमितिको म्याद २०७७ फागुन १९ सम्मका लागि थपिएको छ।
देउवाको यस्तो कदमले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने भएको छ।
वरिष्ठ नेता पौडेलले जे भइरहेको छ त्यो ठिक नभएको बताए। उनले आगामी दिनमा कसरी अघि बढ्नेबारे शनिबार बैठक गरेर रणनीति तय गर्ने जानकारी दिए।
पौडेलले सहमति नजिक पुग्नै लाग्दा सभापतिले लिएको निर्णयले दलमा थप समस्या निम्त्याउने बताए। ‘हामी छलफल गरेर निर्णयमा पुग्छौं। यो राम्रो कदम होइन,’ उनले भने, ‘छलफल निकै सकारात्मक रूपमा भइरहेको थियो। सभापति एक्कासि यस्तो निर्णयमा किन पुग्नुभयो ? यसमा हामी बैठक बसेर निर्णय लिनेछौं।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस