जनकपुर-अत्यधिक जाडोका कारण कठ्यांग्रिएर जनकपुरधाममा एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम २३ का ४८ वर्षीया अनिता कापर छिन । अत्याधिक जाडोका कारण घरमै उनको मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
जाडोका कारण जनकपुरधाम क्षेत्रकोे जनजीवन अत्यधिक प्रभावित भएको छ । बजारमा चहलपहल घटेको छ भने स्थानीयवासी आगो तापेर दिन विताइरहेका छन् ।
गत डेढसातादेखि जनकपुरधाम क्षेत्रमा शितलहर देखिएको छ । सडकमा दिउँसै बत्ती वालेर सवारीसाधन चलाइने गरिन्छ । जाडोबाट बचाउन तातोको बैकल्पिक व्यवस्था गर्न स्थानीय राजनीतिक दलहरुले दैवीप्रकोप समिति र स्थानीय प्रशासनसँग माग गरेका छन् ।
राष्ट्रिय जनता पार्टीका महासचिव राजिव झाले जनकपुरधामको चोक चोकमा तथा ग्रामीण क्षेत्रमा पनि निःशुल्क दाउरा उपलब्ध गराइ अगेनाको व्यवस्था गर्न माग गरेका छन् ।
यसैगरी नेपाली काँग्रेस धनुषाका उपाध्यक्ष सन्तोष यादवले गरीबहरुका लागि न्यानो लुगा र कम्बलहरु वितरण गर्न समेत माग गरेका छन् । तर प्रशासनले अहिलेसम्म जाडोबाट प्रभावित जनतालाई बचाउन कुनै प्रयास शुरु गरेको छैन ।
विगतका वर्षहरुमा जिल्ला वन कार्यालयसँग समन्वय गरेर ठाउँ ठाउँमा आगो बाल्ने गरिन्थ्यो । जाडोबाट सबैभन्दा वढी विद्यालय जाने उमेरका बालबालिका प्रभावित भएका छन । विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति निकै घटेको छ ।
जाडोले गाईवस्तु पनि प्रभावित भएका छन् । जाडोका कारण चरणमा समस्या भएको छ । तराई मधेसमा पुसको पहिलो साताबाट शीतलहर सुरु भएर माघको अन्तिम सातासम्म रहन्छ ।
चिसो बढेपछि रुघाखोकी, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको चिकित्सकहरु बताउँछन् । बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको जनकपुरधामका वरिष्ठ वाल रोग विशेषज्ञ डा. वलराम मिश्रले बताए । जाडो बढ्दै गएपछि हाडजोनी, रुघाखोकी, दम, कोल्ड डाईरियाका बिरामीहरुको संख्या बढेको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस