विराटनगर-प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।
प्रदेश नं १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी तथा अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमको १० वटा विरुवामा पानी राखेर उद्घाटन गरीएकाे छ।
सो अवसरमा प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिका सोचलाई शिक्षा, सीप, उत्पादन, बजार, रोजगारी र मुलुकको समृद्धिसँग जोड्न आग्रह गरेका छन्। प्रदेश प्रमुख अधिकारीले अपाङ्गता भएका महिलामा समानता र सक्षमता वृद्धि भएकोमा खुशी व्यक्त गरे।
सामाजिक विकासमन्त्रीले १० भिन्न प्रकृतिका अपाङ्गता भएकाहरुलाई सीपमूलक तालीम व्यवस्था गरिने जानकारी दिएका छन्। विकासमन्त्रीले मोरङको धनपालथान गाउँपालिकामा ११ विघा क्षेत्रमा निर्माण गरिने ज्येष्ठ नागरिकगृहमा एउटा अपाङ्ग तालीम केन्द्र यस वर्षदेखि सञ्चालन गरिने बताए।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले नगर क्षेत्रमा निर्माण गरिने फूटपाथ र सडक अपाङ्गमैत्री हनुपर्नेमा जोड दिए। राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा अपाङ्गता भएका व्यक्तिलाई छुट्याइएको पाँच प्रतिशत आरक्षण नहटाउन आग्रह गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस