काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबको दुई साताभित्र एकताको बाँकी टुङ्गो लगाउने तयारीमा लागेको छ ।नेकपाको पुस ६ गते सम्पन्न स्थायी कमिटीको बैठकले पुस २३ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको छ ।
त्यसअघि एकताका बाँकी काम टुङ्गो लगाउने निर्णय स्थायी कमिटीको बैठकले गरेको थियो । सोही निर्णयानुसार कामहरू अगाडि बढिरहेको पार्टी सङ्गठन विभागका सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
नेकपामा बाँकी रहेका एकताका कामको प्रतिवेदन तयार गरी सचिवालयमा बुझाइसकेको बताउँदै उनले त्यसलाई सचिवालयले टुङ्ग्याउन बाँकी रहेको बताइन्। सङ्गठन विभागका बैठक बसेर बाँकी रहेका एकताका कामहरू कसरी चाँडो टुङ्ग्याउन सकिन्छ, त्यसको बारेमा छलफल गरी सचिवालयलाई सुझाव दिने उनले बताइन्।
सचिवालय सदस्य झलनाथ खनालले पुस २३ गतेअघि एकताका बाँकी सबै काम टुङ्गो लगाउने निर्णय भएको छ, त्योअनुसार तयारी भइरहेको बताउँदै सचिवालयको बैठकले सबै टुङ्गो लगाउने स्पष्ट पारिन्।
“एकता तथा समायोजन टुङ्गो लगाउन बाँकी रहेका सङ्गठनहरूको प्रतिवेदन सचिवालयमा आइसकेको छ, त्यसमा छलफल गरी टुङ्गो लगाउने काम हुन्छ”, उनले थपिन्, सचिवालको बैठक चाँडै बस्दै छ, ती बैठकले एकताको बाँकी काम टुङ्गो लगाउनैपर्छ । ढिलो भइरहेको छ, अब टुङ्गो लगाउनुको विकल्प छैन । ”
नेकपामा सल्लाहकार कमिटी, प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, लेखा आयोग, कानुन आयोग, अनुशासन आयोग, केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटीलगायतको कार्यविभाजन गर्न बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस