काठमाडौं-संसद्को हिउँदे अधिवेशन आरम्भ भएसँगै नयाँ सभामुखको चर्चा चलिरहेका बेला पूर्वमाओवादी केन्द्रले दाबी नछाड्ने भएको छ ।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दाबी नछाड्ने बताए ।
“दुई अध्यक्षबीच कुराकानी भइरहेका होला । कमिटीका बैठकमा यसबारे छलफल हुने कुरा भएन । दुई अध्यक्षले अरूसँग पनि परामर्श गरिरहनुभएको होला, निष्कर्ष निस्किएको छैन,” उनले भने ।
कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएपछि बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेकी छन् नेकपाले हिउँदे अधिवेशनको दोस्रो बैठक अगावै उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी गरेको भए पनि उनले ‘बार्गेनिङ’ गरिरहेको स्रोतको बताउँछ ।
पौडेल भने दुई अध्यक्षबीच सभामुखको टुङ्गो लागि नसकेको दाबी गर्छन् । “सभामुख पूर्वमाओवादी केन्द्रले नै पाउनुपर्छ भन्ने हाम्रो अडान हो । अध्यक्षसँग कुराकानी गर्दा अहिलेसम्म दाबी छाडेको बुझिएको छैन, दाबी छाड्नुपर्ने कारण छैन,” उनले भने ।पूर्वमाओवादी केन्द्र समूहले अग्नि सापकोटालाई नै अगाडि सारेको उनको दाबी छ ।
‘अहिलेसम्म अग्नि सापकोटाकै चर्चा छ । अरूको आकाङ्क्षा त हुन सक्छ, छलफल भएको छैन,’ उनले भने । पूर्वमाओवादी केन्द्रमा अग्निका अतिरिक्त देव गुरुङ, पम्फा भुसाल, ओनसरी घर्तीले पनि सभामुखका लागि आकाङ्क्षा देखाएको भए पनि छलफल नभएको उनको भनाइ छ ।
पार्टी एकता हुनुपूर्व सभामुख साविक माओवादी केन्द्रको भागमा परेको थियो । त्यसैलाई आधार बनाएर माओवादी केन्द्रले सभामुखका दाबी छाडेको छैन । यता साविक एमालेले भने एकतापछि पुरानै भागवण्डा कायम नरहने भन्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले भने पूर्वसभामुख सुवास नेम्वाङकै सम्भावना बलियो रहेको बताउँछ । यद्यपि परिस्थिति परिपक्व नबनिसकेको उनीहरूको दाबी छ ।
उपसभामुख तुम्बाङ्फेले महरा आफ्नै कारणले सभामुखबाट राजीनामा दिन परेको प्रसंग निकाल्दै उनको गल्तीको भागिदार आफू नहुने बताउँदै आएकी छन् ।सभामुख, उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक प्रावधान रहे पनि पार्टीले सभामुख या मन्त्रीको ग्यारेन्टी नगर्दासम्म राजीनामा नदिने उनको अडान छ ।
बरु पछिल्लो समय पार्टी अध्यक्षहरूलाई भेटेर सभामुख बनाउन आग्रह गरेको नेकपाका नेताहरू बताउँछन् । केही दिनअघि पार्टी अध्यक्ष प्रचण्ड र ओलीसँगको भेटमा पनि तुम्बाहाङ्फेले सभामुख हुने इच्छा देखाएको स्रोतको दाबी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस