काठमाडौँ-काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ। यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो। बुधबार उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ। “पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष उपत्यकाको तापक्रम माइनसमा पनि पुग्न सक्छ।” मौसमविद् नगरकोटीले भनिन।
महाशाखाले तराईका भू-भागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु उपयुक्त हुने जनाएको छ। साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन्।
महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ। त्यसैगरी दिपालय ३.५, पोखरा ६.०, सिमरा १०.०, धनकुटा ५.९ र ओखलढुङ्गाको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस