काठमाडौँ-तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको समाचार आजको कान्तिपुर दैनिकले पहिलो पेजमा समाचार छापेको छ ।
समाचार अनुसार रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको हो ।
‘ईडी ८७८९४६५’ नम्बरको राहदानीवाहक यु अइहाई, ‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउ र ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङलाई पक्राउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो ।
फरार रहेकामध्ये युको राहदानी सन् २०१८ सेप्टेम्बर १७ तारिख र जहाङको २०१९ अप्रिल १७ तारिखमा जारी भएको हो । चीन सरकारकै अनुरोधमा नेपालमा बसेका अन्य १ सय २२ चिनियाँलाई गत सोमबार प्रहरीले पक्राउ गरिसकेको छ । चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौंमै रहेको पनि समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस