सोल – तिक्त सम्बन्धमा रहेका उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध सङ्लिने संकेतहरु देखिन थालेका छन् । शीतकालीन ओलम्पिकले दुई राष्ट्र नजिकिएका बेला उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको प्रशंसामा शब्द खर्चेका छन् ।
उनको यो भनाइ उत्तर कोरियाकी छाया राष्ट्राध्यक्ष तथा किम जोङकी बहिनी किम यो जंग फर्केपछि सार्वजनिक भएको हो । किम यो जंग प्योंगचांगमा भइरहेको शीतकालीन ओलम्पिक खेलको उदघाटन समारोहमा सहभागी हुन त्यहाँ गएकी हुन् ।
सोही भेटमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङमा निम्ता समेत दिएका थिए । उत्तर कोरियाको सरकारी एजेन्सीले जनाएअनुसार, नेता उनले दक्षिण कोरियाको साथ समझदारीको माहोल बनाउन चाहेका छन् । दक्षिण कोरियाले शान्ति बहालीका लागि गरेको प्रयासको किम जोङले खुलेर तारिफ गरेका छन् ।
यता, अमेरिकाले भने उत्तर कोरियासँग सम्बन्ध नबढाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भनेको छ, ‘उत्तर कोरियाले प्रमाणु कार्यक्रम जारी राखेको छ । यो तनावको अवस्थामा दक्षिण कोरियाले सावधानी अपनाउनुपर्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस