खस्यौली-रुपन्देहीको १० प्रदेशसभा निर्वाचन क्षेत्रमा जनता आवास कार्यक्रममार्फत १८० घर निर्माण हुने भएको छ। सरकारले दलित, विपन्न, मुसलमान, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने लक्ष्यानुसार ती घर निर्माण हुन लागेको शहरी विकास तथा भवन कार्यालय,रुपन्देहीले जनाएको छ। सो कार्यालयका प्रमुख इञ्जिनीयर गोविन्द गौतमले जिल्लाको घर निर्माण हुने स्थान र लाभग्राही छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै रुपन्देहीका प्रत्येक निर्वाचन क्षेत्रमा १८ घर निर्माण हुन लागेको बताए।
उनले लाभग्राहीमा नाम छनोट भएकाले ३० दिनभित्र घर निर्माणको काम शुरु गर्नुपर्ने उल्लेख गर्दै विभिन्न चार चरणमा लाभग्राहीले रु तीन लाख ३६ हजार रकम प्राप्त गर्ने जानकारी दिए। उक्त रकमबाट लाभग्राहीले दुई कक्षसहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ। रुपन्देहीका देवदह, तिलोत्तमा, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिकालगायत विभिन्न गाउँपालिका र नगरपालिकामा जनता आवासअन्तर्गत घर निर्माण हुने छ। सङ्घीय सरकारले नै जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन गरेको छ। प्रदेश सरकारले गत वर्षदेखि मात्रै कार्यक्रम सञ्चालन गरेकोे थियो। “दलित, विपन्न, मुसलमान, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गरेर उनीहरुलाई आवासको सुविधा दिनु नै यसको उद्देश्य हो”, प्रमुख इञ्जिनीयर गौतमले भने।
कार्यक्रम प्रदेश नं ५ का १२ जिल्लामा नै सञ्चालनमा रहेको बताइएको छ। रुपन्देहीमा विसं २०६६ देखि सो कार्यक्रम सञ्चालनमा छ। कार्यक्रममार्फत गत वर्ष रुपन्देहीमा ४४९ तथा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची र नवलपरासीमा एक हजार १३४ घर निर्माण भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस