काठमाडाैं-पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ।
विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ। तर एक वर्ष समय थप गर्ने समझदारी पार्टीभित्र निर्माण गरिसकेका देउवाले निर्वाचित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधि अनुसार पार्टी चलाउन पनि सकेनन्।
१३औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्ट्टै गुटबन्दी झागिन पुग्यो। जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन।
आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ। केन्द्रीय र जिल्ला समितिबाहेक पार्टीका सबै निकाय र अंग निष्क्रिय बनिरहेका बेला १४औं महाधिवेशनको कार्यतालिकालाई लिएर केन्द्रीय समिति पनि अनिर्णीत बन्न पुगेको छ।
नेताहरू संगठन बनाउनभन्दा पनि एकअर्कालाई कमजोर देखाएररबनाएर आगामी महाधिवेशनको परिणाम अआफ्नो पक्षमा पार्न उद्यत् देखिन्छन् । संस्थापन र इतर पक्ष आआफ्नै स्वार्थखातिर सक्रिय हुँदा करिब दुई साताअघि बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।
मंसिर २९ देखि सुरु केन्द्रीय समिति बैठकको अजेन्डामा १४औं महाधिवेशनको कार्यतालिका नपरेको भन्दै नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएका छन्। असन्तुष्ट पक्षको बहिष्कारपछि संस्थापन सभापति देउवा पक्षले सहमतिको प्रयासस्वरुप थाले पनि अहिलेसम्म दुई पक्ष समझदारीमा पुग्न सकेको अवस्था छैन।
१४औं महाधिवेशन २०७७ को मध्य फागुनमा गर्नेगरी केन्द्रीय समितिबाट कार्यतालिका पारित गर्न दुवै पक्ष सहमत भए पनि भ्रातृसंस्था नेपाल विद्यार्थी संघको कार्यसमितिमा कुन पक्षले कति कोटा लिने भन्ने विवाद पेचिलो बनेको छ।
आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने र टिक्ने रणनीतिका गुट र समूहहरूले आआफ्नो स्वार्थलाई केन्द्रमा राख्दा कांग्रेसभित्रको समस्या बल्झिँदै गएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस