लमजुङ-अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन्। जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन्।
गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन्। गत वर्ष उत्पादित ७५० क्विन्टल बिक्रीबाट कृषहरुले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए। यहाँका कृषकले रु १३ करोडसम्म आम्दानी लिएका थिए। त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा उत्पादित ६०० क्विन्टल बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो।
जिल्लामा यस वर्ष सबैभन्दा बढी अलैँची उत्पादन गरेका दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले आठ क्विन्टल अलैँची उत्पादन गरे। केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले विस्तारै राम्रो आम्दानी गर्न नसकेपछि निराश बन्दै गएका बेला यस वर्ष राम्रो आम्दानी भएपछि केही आशा जागेको उनले बताए।
उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अध्यक्ष अजय तामाङले जानकारी दिए। जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए। तर त्यसयता सो रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन्। यस वर्ष प्रतिकिलो रु ६०० का दरले अलैँची बिक्री गरेका छन्। अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो रु एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची बिक्री गर्न बाध्य हुँदै आएका छन्।
उनले जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको जानकारी दिए।
जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ। जिल्लामा एक नगरपालिका र चार गाउँपालिकालाई अलैँची जोन क्षेत्रसमेत घोषणा गरिएको छ। बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, क्व्होलासोथर गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका अलैँची जोन क्षेत्र रहेका छन्।
जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ। कृषकहरु मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन्। “तेस्रो मुलुकमा अलैँची निकासी गर्न सक्दैनौ तबसम्म कृषकले भनेको जति मूल्यमा बिक्री गर्न सक्दैनौँ। ” अलैँची जिल्ला शाखा लमजुङका अध्यक्ष समेत रहेका तामाङले भने। उनले भने, “हामी तेस्रो मुलुकमा जिल्लामा उत्पादित अलैँची निकासी गर्ने प्रयासमा छौँ।”
गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस