तुलसीपुर– दाङको राप्ती गाउँपालिकाले स्थानीय आदर्श नमूना माध्यमिक विद्यालयमा अध्ययनरत न्यून दृष्टियुक्त बालबालिकालाई साङ्केतिक वाद्यवादन उपलब्ध गराएको छ ।
विद्यालयमा १४ न्यून दृष्टियुक्त बालबालिका अध्ययन गर्दछन् । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बालबालिकालाई मनोरञ्जन गर्न हार्मोनियम, गीतार, मादल, सारङ्गी, खैजडी, ट्याम्पु, मुरली, बासुरी, चापलगायत वाद्यसामग्री उपलब्ध गराइएको जानकारी दिए ।
सरकारले विशेष शिक्षाअन्तर्गत दाङको यस विद्यालयमा न्यून दृष्टियुक्त बालबालिकालाई पठनपाठन गराउन शुरुआत पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको उनले बताए ।
उहाँले भन्नुभयो “अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको छौँ । भवन निकै जीर्ण छ । वर्षात्मा पानी चुहिन्छ, भित्रै सर्प, भ्यागुता हिँड्छन् ।”
विद्यालयमा कक्षा १२ सम्म न्यून दृष्टियुक्त विद्यार्थीका लागि अध्ययन हुने गर्दछ । विस २०५२ सालदेखि पढाइ शुरु भएको न्यून दृष्टियुक्त व्यक्ति कक्षामा अहिले दुईजना शिक्षक कार्यरत छन् ।
“एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ । उनीहरुमा आफैँ शारीरिक हिसाबले कमजोर हुने भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्छ ।” प्रधानाध्यापक पोख्रेलले भने ।
अहिले करिब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ । भित्र छिर्दा नै भत्किने डरले हतपत्त बाहिर निस्किनुपर्ने अवस्था छ, तर न्यू दृष्टियुक्त व्यक्तिले आफूहरु कस्तो भवनमा बसिरहेका छौँ, भन्ने कुराको कुनै थाहा छैन । एक न्यून दृष्टियुक्त विद्यार्थीले भने , “हामीले आँखा देख्दैनौँ, कस्तो भवनमा बसिरहेका छौँ, हामीलाई नै थाहा छैन ।” खाट पनि जीर्र्ण अवस्थामा छन् । काम चलाउन मात्रै ती खाट राखिएका छन् । विद्यार्थी सुतिरहेको अवस्थामा कतिबेला भाँचिन्छन्, भन्ने त्रास छ ।
बालबालिकाका लागि कम्प्युटर छैनन् । पटक–पटक आफूहरुले प्रयोग गर्ने खालका कम्प्युटर ल्याइदिन उनीहरुले माग गरिरहेका छन् । “विद्यार्थीले कम्प्युटरको माग गरिरहेका छन्”, उनले भने , “तर कम्प्युटर ल्याउन सकिएको छैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस