राजविराज-राजविराज नगरपालिका–१२ सिग्यौन दमावतीकी लक्ष्मीदेवी यादवले विवाह भएको एक वर्षपछि छोरा जन्माइन्।
नातिको मुख हेर्ने धोको बेलैमा पूरा भएकोमा सासूससुरा खुसी भए। दुई वर्षपछि लक्ष्मीले अर्को छोरा जन्माइन्। प्रहरी सेवामा कार्यरत महिनारायण दुई छोराका बुवा बनेकोमा प्रसन्न थिए। वैदेशिक रोजगारमा गएका उनका भाइ पनि कमाउन थालेका थिए।
पाँच जनाको परिवारमा दुई बालक थपिएपछि सात जना भए। जेठी बुहारी भएकाले घरको जिम्मेवारी लक्ष्मीमाथि थियो। सासूससुराकी प्यारी उनको जीवनमा खुसी नै खुसी थियो।
विवाहको १० वर्षपछि लक्ष्मी बुवा शिवराम यादवसँग जिल्ला प्रहरी कार्यालय सप्तरीमा देखा परिन्। हातमा प्लास्टिकको झोला। झोलाभित्र निवेदनसहित विभिन्न कागजपत्र। दुई छोराको जन्मदर्ता देखाउँदै उनले भनिन्, ‘मेरा छोरा अर्केका भएछन्। गर्भ बोकें। प्रसव वेदना सहें। आमा हुनुको अनुभव बटुलें। सन्तान हुर्काएँ। दुई छोरा हुँदाहुँदै निःसन्तान बनाइएँ।’
प्रहरीलाई निवेदन दिँदा उनले डाँको छाडेर रोइन्। लेखनदासले लेखेको उजुरी निवेदनमा सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा नदेखिए पनि लक्ष्मीको आँसुले त्यसलाई अभिव्यक्त गरेको थियो।
उनको आँसुमा मातृवात्सल्य झल्किएको थियो। पति जागिरमा हुँदा सन्तान हुर्काउने जिम्मा लक्ष्मीकै थियो। धेरै दुःख गरिन्। भोकभोकै काम गरिन्। सासूससुराको सेवा गरिन्। विगत बिर्सेर भविष्यको कल्पनामा रमाइन्। पति र छोराहरूको खुसीलाई अन्तिम सुख सम्झिइन्।
महिनारायण भने इलाममा प्रहरी सेवामा रहँदा स्थानीय मुना खातीसँग प्रेममा फसेछन्। उनीसँग विवाह गरेर अर्कै संसारमा रमाएको लक्ष्मीले पत्तै पाइनन्। बेला–बेलामा महिनारायण घर आउँथे। लक्ष्मी परिवारको खुसीमै रमाएकी थिइन्। २०७४ मा घर आएका महिनारायणले फागुन २० गते छोराहरूको जन्मदर्ता गर्दा रोशन र कृष्णको आमाका नाममा मुनाको नाम लेखाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस