रुपन्देही– बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले आज विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो ।
घोषणासभामा सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम तथा नगरवासीहरुले प्रतिबद्धता जनाए । घोषणा कार्यक्रममा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर ‘समृद्ध प्रदेश, खुशी जनता’ परिकल्पना साकार पार्ने अभियानको थालनी गरिएको बताउनुभयो । “यति व्यस्त शहरमा बेसहारा मानवमुक्त सडक बनाउने अभियान सफल पार्नु चानचुने कुरा होइन । यो कार्य प्रशंसनीय छ”, उहाँले भन्नुभयो । आफ्नैभित्रबाट अभिभावकत्व गुमाउनुपर्दाको पीडा धेरै हुने बताउँदै उहाँले यो अभियानले परिवार र समुदायलाई सकारात्मक सन्देश दिएको धारणा राख्नुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मानव अधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । सामाजिक विकासमन्त्री सुर्दशन बरालले कोही पनि व्यक्ति सडकमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार लागेकाले सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हँुदै गएको बताउनुभयो । उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अबका दिनमा बुटवलको सडकमा कुनै पनि व्यक्तिले जीवनयापन गर्नु नपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मानवसेवा आश्रमको क्षमता तथा गुणस्तर वृद्धि गरी सेवालाई दीर्घकालीन बनाउन नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गर्ने चरणमा मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न गरी बुटवल उपमहानगरलाई सडक मानवमुक्त बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।
नगरलाई बेसहारा सडक मानवमुक्त बनाउन बुटवल उपमहानगरपालिकाले यसअघि सरकारी निकाय, सामाजिक सङ्घसंस्था, नागरिक समाज, सञ्चारकर्मी, टोल विकास संस्था, विभिन्न समूह, सामुदायिक सङ्घसंस्था क्लब समाजसेवी, बुद्धिजीवी, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासँग समन्यवन र सहकार्य गरेको थियो । शारिरीक तथा मानसिकरूपमा असक्त मनोरोगी, अनाथ, अपाङ्गता भएका व्यक्ति र सहयोगापेक्षी मानवको उद्वार, उपचार र पालनपोषण गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालय र उपमहानगरपालिकाको सहयोगमा बुटवलमा मानव सेवा आश्रमको स्थापना गरिएको हो ।
सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रमबीचको सहकार्यमा गत वर्ष पुस ७ गतेदेखि एक वर्षको अवधिमा १९७ को उद्धार गरिएको आश्रमका सञ्चालक रामजी अधिकारीले जानकारी दिनुभयो । घोषणा कार्यक्रममा सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि योगदान पु¥याउने मानव सेवा आश्रमका सुशीला केसी, सरु अधिकारी, टीकामाया थापा, गङ्गा थापा र होमनाथ पौडेललाई सम्मान गरिएको थियो । घोषणा सभापूर्व बुटवलमा झाँकीसहित बृहत् ¥याली निकालिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस