काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । उनले असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने बताए । लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा उहाँले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताएका छन् ।
“स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन”, उनले भने, “सत्कर्मले नै व्यक्तिलाई अब्बल बनाउने हो ।” उनले लोभ, इष्र्या, घमण्डले व्यक्तिलाई असल बन्नबाट रोक्ने हुँदा यी सबै पक्षबाट टाढा रहनुपर्ने औँल्याए । रेग्मीले देशमा विकास र समृद्धिको यात्रालाई सहज बनाउन प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने बताए ।
लर्डबुद्धका अध्यक्ष हरि अधिकारीले क्लबले दूरदराजसम्म पुगेर दुःखी गरीबको घाउको मलमपट्टि लगाउने काम गरिरहेको बताएका छन् । कार्यक्रममा डिस्ट्रिक गभर्नर इन्दु लम्साल, लायन्स क्लब इन्टरनेशनलका लिडर राजन लम्साल, मनबहादुर रोका, लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीलगायतले मन्तव्य राख्दै समाज सेवाका लागि क्रियाशील संस्थालाई सबै पक्षले सहयोग गर्नुपर्ने औँल्याएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस