काठमाडौं – अन्तर्राष्ट्रिय वित्तीय संस्थाले पूर्वाधार विकासमा थप लगानी जुटाउन नेपाली मुद्रामा ऋणपत्र (बण्ड) निष्कासन गर्न पाउने भएका छन् । धितोपत्र बोर्डले तयार गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएकाले नेपाली मुद्रामा ऋणपत्र निष्कासनको बाटो खुला भएको हो । ऋणपत्र निष्कासन गर्न पाउने व्यवस्थाले नेपालको पुँजी बजारमा खर्बौं रुपैयाँ थप लगानीको ढोका खुलेको छ । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ५०÷५० अर्ब रुपैयाँको नेपाली मुद्रामा ऋणपत्र निष्कासनका लागि ३ वर्षअघि नै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका थिए । धितोपत्र नियमावली नभएको भन्दै अर्थले यसलाई रोकेको थियो । पछि धितोपत्र बोर्डले नियमावली बनाएपछि यसको प्रक्रिया अघि बढेको हो । धितोपत्र नियमावलीलाई अर्थले स्वीकृति दिएकाले बण्ड निष्कासनको बाटो खुला भएको बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् । बोर्डले आन्तरिक छलफल गरेर यसलाई चाँडै कार्यान्वयन गर्ने उनले जानकारी दिए । जलविद्युत्, सडकलगायत अन्य ठूला पूर्वाधारमा लगानी समस्या रहेको भन्दै २ वर्षअघि आईएफसी र एडीबीले नेपाली मुद्रामा १ खर्ब रुपैयाँ बराबरको बण्ड निष्कासनका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरेका थिए । सन् २०१४ को सुरुमै गरेको प्रस्तावअनुसार आईएफसी र एडीबीले कुल १ खर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भनिएको थियो । बण्ड निष्कासन गरेर जलविद्युत् र अन्य पूर्वाधार क्षेत्रमा लगानी गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले सोही वर्ष नै पारित गरेको थियो । नेपालको पूर्वाधार विकासमा विशेष गरी जलविद्युत्मा निजी क्षेत्रलाई लगानी व्यवस्था गर्न २ वर्षअघि नै १ खर्ब रुपैयाँ नेपाली मुद्रामा ऋणपत्र निष्कासनको तयारी गरेका थिए । आईएफसीले कोरिया र नेपालीको संयुक्त लगानीमा बन्ने २१६ मेगावाटको माथिल्लो त्रिशूली १ आयोजनामा लगानीका लागि निष्कासनको योजना बनाएका थिए । यो आयोजनामा आईएफसीको १५ प्रतिशत लगानी हुनेछ । त्यस्तै, एडीबीले पनि जलविद्युत्का अतिरिक्त सडक, कृषि, पर्यटनलगायत अन्य पूर्वाधारमा लगानी गर्ने भनेको थियो । सरकारले जलविद्युत्, कृषि, सडक र पर्यटन लगायत अन्य ठूला पूर्वाधारमा लगानी गर्न दुई संस्थालाई स्वीकृति दिएको छ । दुवै संस्थाले नेपालमा पहिलो पटक ऋणपत्र निष्कासन गरेर लगानी जुटाउने तयारी गरेका हुन् । बण्ड निष्कासनको बाटो खुला भएकाले अन्य थुप्र्रै संस्था नेपालमा आउने सम्भावना बढेको छ । सरकारले सन् २०१३ मा निर्देशिका ल्याई ‘त्रिपल ए’ रेटिङ अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई मात्र नेपाली रुपैयाँमा ऋणपत्र निष्कासनका लागि अनुमति दिने व्यवस्था गरेको थियो । जसअनुसार नेपाली मुद्रामा उठाइएको ऋणपत्र, ऊर्जा, पर्यटन, सडक र कृषिलगायत अन्य पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । एडीबीले ७ वर्ष र आईएफसीले ५ वर्षका लागि ऋणपत्र निष्कासनको तयारी गरेका थिए । सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रलाई खुला गर्न पाउने व्यवस्था गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस