काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक टिप्पणी (डिप्लोमेटिक नोट) पठाए पनि भारतले बेवास्ता गरेको बताएका छन् ।
पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले महाकालीको मुहान लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको दाबीसहित भारत सरकारलाई जानकारी गराए पनि रेस्पोन्स नगरेको ब्रिफिङ गरेका हुन् ।
“नेपाल–भारत सीमा समस्याबारे हामीले पटकपटक ध्यानाकर्षण गराएका छौं । भारतको भ्रमणमा गएका बेला पनि यस विषयमा जानकारी गराएका छौं । पहलै नगरेको भने होइन । पुरानै समस्या भएकाले भारतले खासै चासो देखाएको छैन । तै पनि हामीसँग यथेष्ट प्रमाण छन् ।
त्यतिबेला जनगणना गर्ने हाकिमहरू पनि जीवितै भएकाले हाम्रो दाबी पुग्छ । त्यतिबेला तिरो तिरेको रसिद प्रमाण पनि हामीसँग सुरक्षित छन् । अर्को, यस विषयमा राष्ट्रिय सहमति जुटेको छ ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सबै सहभागी भएर तत्काल कूटनीतिक पहल थाल्न सुझाव दिए,” प्रचण्डले बैठकमा भनेको कुरा एक सांसदले उद्धृत गरे ।
उनले नेपाल–भारतबीच धेरै ठाउँमा सीमा समस्या भए पनि कालापानी र सुस्ता अलि बढी दुख्ने गरेको बताउँदै सरकारले कूटनीतिक प्रयासबाटै समस्या समाधान गर्ने भन्दै सदस्यहरूलाई आश्वस्त पारेका थिए ।
“सम्झौता भएर दिएको भूमि पनि होइन । हामीले दाबी छाड्नुपर्ने कारण छैन । भारतले प्रकाशित गरेको नक्सा नवीन र नयाँ पनि होइन,” उनले बैठकमा थप जवाफ दिए ।
“हाम्रो गरेको प्रयास जारी रहनुपर्छ । इतिहासको विषयमा तथ्यपरक ढङ्गले अध्ययन गर्ने र सोही अनुसार जनताहरूलाई बुझाउने विषयमा ध्यान दिनुपर्छ,” प्रचण्डले बैठकमा जानकारी गराए ।
उनले पार्टीको एकता प्रक्रिया आधारभूत रूपमा टुंगिएको बताउँदै अब सरकारको, संसद्को कामकारबाहीको प्रभावकारिता वृद्धि हुने विश्वास पनि व्यक्त गरेका थिए ।
“पार्टी एकताको प्रकृयालाई टुंग्याएका छौं । आगामी दिनमा अझ यसलाई व्यवस्थित गर्नपर्छ । आज हामी जुन अवस्थामा छौं त्यो एकता प्रकृयाको कारणले सम्भव भइरहेको छ । उपनिर्वाचनमा पनि हामीले विगतभन्दा धेरै सिट संख्या जितेका छौं । भक्तपुर, धरान हाम्रो हातबाट गयो । यसले राम्रो संकेत गरेको छैन । यसअघि जितेका ८ वटा ठाउँमा हार्यौं । हारेका ११ सिटमा जितेका छौं । समग्र उपचुनावको विश्लेषण गर्दा आत्तिने अवस्था त छैन । तर, गम्भीर हुनुपर्ने विषयमा सचेत गराएको छ,” उनले बैठकमा उपचुनावको समीक्षा पनि गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस