बेरुत– सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ । सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
युद्वको अनुगमन गर्ने बेलायतसँग आवद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्स’ले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३८ जना जियादी र उनीहरुसँग आबद्ध विभिन्न विद्रोही समूहका व्यक्ति रहेका छन् ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तमा बिहीबार राती सो घटना भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी जियादीहरुको कब्जामा रहेको मारेट अल नुमाननजिकै भएको भिडन्तमा परी २३ जना सिरियाली सरकार समर्थित सेनाको मृत्यु भएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।
केही महिनापछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरुको संलग्नता हुदै गयो । सन् २०११ देखि हालसम्म सिरियामा ३ लाख ७० हजार भन्दा सर्वसाधारणको ज्यान गएको छ ।
लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन.। दशौं लाख व्यक्ति आफ्नो देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस