दार्चुला– नेत्रविक्रम चन्द (विप्लव) समूहका छ जना विद्यार्थी धरौटी रकम बुझाएर छुटेका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, अभद्र व्यवहार गर्न नहुने जस्ता आरोप लगाएर मुद्दा लगाइएको थियो । पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका– ८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका– ४ का १९ वर्षीय धनसिंह धाँमी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावतलाई जनही रु आठ हजार धरौटी लिएर जिल्ला प्रशासन कार्यालयले छोडेको हो ।
विद्यार्थी भएका कारण थोरै रकम धरौटी लिएर छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । यस्तै उक्त समूहले आफ्ना विद्यार्थी पक्राउ गरेर आफन्तलाई सहज भेटघाट गर्न नदिएको धरपकड गरेको, झुठा मुद्दा लगाई हिरासतमा राखेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरीसमेत दिएको थियो । आयोगले उजुरी परेकाबारे जिल्ला प्रशासन कार्यालयलाई गत मङ्सिर १३ गते जानकारी माग गरेको थियो भने जिल्ला प्रशासन कार्यालयले यही पुस २ गते आयोगलाई घटनाबारे लिखित जवाफ दिएको थियो ।
पक्राउ परेका विद्यार्थीले बसपार्क क्षेत्रमा प्रहरीसँग बादविवाद गरेको, हातपात गर्नुका साथै अभद्र व्यवहार गरेर भागेका कारण कानूनबमोजिम पक्राउ गरिएको जवाफ पठाएको जिल्ला प्रशासन कार्यालयले स्रोतले जनाएको छ । प्रशासनले पक्राउ गरिएकालाई कानूनसम्मत म्याद थप प्रक्रियाको कागज बनाई राखिएको तथा उनीहरुमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिएको उल्लेख गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस