सुर्खेत– आजदेखि शुरु हुने होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् ।
महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् ।
महासङ्घले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्नुहुने कार्यक्रम छ । होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताएका छन् । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
अध्यक्ष भुजेलले महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गानिक खानाको व्यवस्था मिलाइएको बताए । “कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्छ”, उनले भने, “कोशेलीका रुपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौँ ।”
महासङ्घ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवद्र्धनमा महाधिवेशनले ठूलो टेवा पु¥याउने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस