पोखरा– पोखरा महानगरपालिका–५ र ८ जोड्ने जिरो किलोमिटरस्थित फिर्के खोला पुल क्षेत्रमा सडक साँघुरो छ । त्यो पनि डम्पिङसाइड बन्न थालेपछि स्थानीयवासी आक्रोसित बनेका छन् ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको प्रधान कार्यालयबाट पश्चिम तर्फ ७२ मिटर सडक अति साँघुरो भएका कारण उक्त स्थानमा दुर्घटना बढिरहेको स्थानीयवासी मुक्तिनाथ सुवेदीले बताए ।
साँघुरो बाटोका साथै सडकको उत्तर तर्फको केही खाली जग्गामा फोहर र मरेका जनावरसमेत फाल्ने गरेका कारण वातावरण दुर्गन्धित भई सास्ती भोगिरहनुपरेको उल्लेख गर्दै उनले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए ।
प्रदूषणका साथै साँघुरो सडकका कारण दुर्घटना बढेको भन्दै स्थानीयवासीले सडक फराकिलो बनाउन र बाँकी जग्गामा पार्किङको माग गरेपछि वडा नं ५ को कार्यालयबाट सडक डिभिजन कार्यालय पोखरामा पत्राचार गरिसकेको छ । तर पनि त्यसको हालसम्म सुनुवाइ हुन नसकेको स्थानीयवासीको गुनासो छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस