काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा घनश्याम भुसालले पनि लिखित प्रस्ताव पेश गरेका छन्।
‘पार्टीको पुनर्निर्माणबारे प्रस्ताव’ शीर्षकको उनको प्रस्ताव तीन पृष्ठको छ।
‘दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै सबैभन्दा ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौं भन्ने देखिन्छ’, भुसालले भनेका छन्, ‘कमरेडहरु! खासगरी नेतृत्वका कमरेडहरु! उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं।’
राजनीतिक पार्टीहरु सत्तामा पुगेपछि जनतासँग आफैंले गरेका वाचाहरुको कठिनतम परीक्षामा सामेल हुने उनकाे टिप्पणी छ। ‘आज हामी त्यही परीक्षामा छौं। गएका दुई वर्ष हामी अलमलिएको जस्तो देखिएका छौं। बाँकी समयको हरेक क्षण हाम्रा लागि असाधारण महत्त्वका छन्’, लिखित प्रस्तावमा उल्लेख छ।
लामो समयपछि मुलुक वैदेशिक मामिलामा ठीक ठाउँमा उभिन सुरु गरेको उनकाे बुझाइ छ।उनले अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा महत्त्वपूर्ण विषयहरु समेटिएको भन्दै केन्द्रीय समितिको बैठकअघि नै ५-७ दिनको कार्यशाला आयोजना गर्न आग्रह गरेका छन्।
‘खास गरी ‘पार्टीको आगामी कार्यक्रमका रुपरेखा’ अन्तर्गत उल्लेख गरिएका कार्ययोजना पार्टी कमिटी र सदस्यहरुको परिचालन र विभिन्न तहका अधिवेशनमा केन्द्रित छन्। ती सबै आफैंमा उपयुक्त छन्। उही काम दोहोर्याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिएझैं, आजको वैचारिक र सांगठनिक अस्पष्टता, गुटबन्दी र विविधता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट छ। बरु यथास्थितिकै विस्तार हुनेछ’, उनले भनेका छन्, ‘ केन्द्रीय कमिटीको आगामी बैठकभन्दा अघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ‘आजको पार्टी’ वा ‘कम्युनिस्ट पार्टीको आजको कार्यभार’ वा यस्तै कुनै उपयुक्त शीर्षकमा ५-७ दिनको कार्यशाला आयोजना गरियोस्।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस