सप्तरी– सप्तरीको बोदे बर्साइन नगरपालिका–९ सिमराहाबाट सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीचौकी काचनबाट खटिएको प्रहरी गस्ती टोलीले भारत विहारका २० वर्षीय जीतेन्द्रकुमार यादव र २२ वर्षीय शङ्कर यादवलाई पक्राउ गरेको जनाएको छ ।
नेपाल–भारत सीमा छेउमा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार शङ्करले हातमा बोकेको झोलाबाट नाइट्राजेपाम ट्याब्लेट १० पत्ता (१०० वटा) र डाइलेक्स–डिसी १० बोतल फेला परेको छ । यसैगरी जीतेन्द्रको साथबाट १०÷१० वटा डाइजेल्याब इन्जेक्सन, नोफिन इन्जेक्सन र फेनारगन इन्जेक्सन फेला परेको छ । दुवै जना भारतीय नागरिकविरुद्ध लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले बताए ।
लागुऔषधसहित युवक पक्राउ
सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित लोकमार्गबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ११ का २० वर्षीय दिनेश चौधरी १५ वटा लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१प ८१४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी सामान्य घाइते भएका थिए । चौधरीको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
नाइट्रोजन ट्याब्लेट र मोटरसाइकलसहित चौधरीलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस