काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले पार्टी नीति र विधान कार्यान्वयन गर्दै समानुपातिक–समावेशी प्रतिनिधित्वका साथै सामूहिक नेतृत्व प्रणाली स्थापित हुने गरी पदाधिकारी र केन्द्रीय सचिवालय विस्तार गर्न ध्यानाकर्षण गराएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा जारी स्थायी समितिको सोमबारको बैठकमा नेताहरूले ४५ सदस्यीय स्थायी समितिको एकतिहाइ १५ सदस्यीय हुने गरी अहिलेको नौ सदस्यीय सचिवालयलाई विस्तार गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । दुई अध्यक्षबाहेक उपाध्यक्षमा महिलाको पनि प्रतिनिधित्व हुने गरी विधान संशोधन गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्ने १२ नेतामध्ये युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल र छविलाल विश्वकर्माले समावेशी–समानुपातिक सहभागिताको संवैधानिक, कानुनी र पार्टी विधानको व्यवस्थालाई कडाइका साथ लागू गर्न माग गरे । सामूहिक नेतृत्व प्रणाली स्थापित गर्नुपर्ने तथा एक व्यक्ति : एक मुख्य जिम्मेवारीको नीतिलाई तल्ला कमिटीसम्म लागू गर्नुपर्नेमा उनीहरूको जोड छ । नेतृ शाक्य र भुसालले पदाधिकारीमा पनि महिलाको प्रतिनिधित्व हुनुपर्ने भन्दै ध्यानाकर्षण गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस