भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ ।
आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ ।
आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी देशमा केही दशकयतामात्र बेसारको उपयोगिताबारे थाहा भएको हो ।
यसका फाइदाहरू निम्न छन्
१-क्यान्सर निको पार्छ -बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई रोक्छ । यो अमेरिकाको मेरिल्याण्डमा गरिएको अध्ययनबाट प्रमाणित भएको हो ।
२-शक्तिशाली एन्टिअक्सिडेन्ट : युनिभर्सिटी अफ मेरिल्याण्डमा गरिएको अध्ययनमा बेसारमा शक्तिशाली एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले क्यान्सर गराउने तत्वबाट लड्न मद्धत गर्छ । यसका साथै अन्य धेरै अध्ययनहरूले बेसारमा पाइने सर्कुमिन तत्वले प्रोस्टेट, छाला र कोलोनलगायतका अन्य विभिन्न खाले क्यान्सर हुनबाट समेत रोक्छ ।
३-रोग प्रतिरोधी : बेसारमा लिपोपोलिसेच्चाराइड नामक तत्व हुन्छ । यसले शरीरको रोगप्रतिरोधी क्षमतालाई अझ मजबुत बनाउछ । शरीरमा ब्याक्टेरियाको समस्याबाट पनि बचाउँछ । फंगल इन्फेक्सनबाट पनि बचाउने गुण यसमा हुन्छ ।
४-शारीरिक सौन्दर्यमा : बेसारको प्रयोग स्वास्थ्यका दृष्टिले मात्र नभई शारीरिक सौन्दर्यका हिसाबले पनि गरिन्छ । यसले अनुहारमा अनावश्यक पत्र जम्न दिँदैंन र बढ्दो उमेरको प्रभाव रोक्छ । यसका लागि तीन चम्चा बेसनमा एक चौथाई बेसार र पानी मिसार पेष्ट बनाउनुपर्छ । अनुहारमा लगाएर सुक्न दिएपछि मनतातो पानीले हल्का मसाज गर्दै धुनुपर्छ ।
५-चाउरीमा स् काचो दुध, गोलभेंडाको रस, चामलको पिठो र बेसार मिसाएर पेष्ट बनाउनुस् । यसलाई अनुहारमा लगाएर सुक्न दिनुर्प । दुधमा रहेको ल्याक्टिक एसिडले छालाको मृत कोषिकालाई मर्मत गर्छ । मही र उखुको रसमा बेसार मिसाएर पिउने गर्नाले आँखाको मुनी हुने कालो घेरा र चाउरी ठीक हुनछ ।
६-उत्कृष्ट प्राकृतिक एन्टिबायोटिक : बेसारमा दुध मिसाएर सेवन गर्नाले छाला, पेट र शरीरका अन्य कयौं रोग निको पार्न मद्दत गर्छ । दुध प्राकृतिक प्रतिजैविक भएकाले यसले शरीरको प्राकृतिक संक्रमण रोक्छ । बेसार र दुध दुवै गुणकारी हुन्छ । यदि यी दुवैलाई एकसाथ मिसाएर सेवन गर्नाले डबल फाइदा हुन्छ ।
७-गर्मीमा एक चौथाई चम्चा र जाडोमा आधा चम्चा बेसार मिसाएर एक गिलास दुधमा मिसाएर पिउनाले लाभदायी हुन्छ । दिनहुँ बेसार मिसाइएको दुध पिउनाले शरीरमा पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । हड्डी स्वस्थ हुन्छ । यसबाट ओष्टियोपोरोसिसका रोगीलाई फाइदा हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस