सोल-हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरिया अमेरिकी हतियारको चौथो ठूलो खरिदकर्ता देश रहेको छ ।
कोरियाली प्रतिरक्षा विभागद्धारा सार्वजनिक गरिएको ‘विश्व प्रतिरक्षा बजार वर्ष पुस्तक’ का अनुसार अमेरिकाले सन् २००९ देखि २०१९ को विचमा करिव ९३.३ विलीयन अमेरिकी डलर वरावरको हतियार विश्व बजारमा विक्रि गरेको थियो जसमध्ये करिव ६.२८ विलीयन अमेरिकी डलर बराबरको हतियार दक्षिण कोरिया एक्लैले खरिद गरेको थियो ।
वर्ष पुस्तकका अनुसार अमेरिकी हतियार खरिद गर्ने देशहरुमा साउदी अरव पहिलो जसले करिव १३.४७ विलीयन अमेरीकी डलर, दोश्रो अष्ट्रेलिया (७.७६ विलीयन) तथा तेश्रो युनाइटेड अरव इमिरेट्स् (६.९२ विलीयन) रहेका छन् ।
तर पुस्तकले कुन प्रकारका हतियार हुन् भन्ने वारे केही खुलाएको छैन तर श्रोतका अनुसार दक्षिण कोरियाले खरिद गरेका सैन्य सामाग्रीहरुमा फाइटर विमान तथा मिसाइल्स हरु रहेका छन् ।
अमेरिकाले निर्यात गर्ने सैन्य सामाग्रीहरुमा सैन्य विमानहरुको मात्रा सर्वाधिक ५६.१ प्रतिशत, मिसाइल्स १६.५ प्रतिशत तथा सैन्य गाडीहरु करिव ११ प्रतिशत रहेका छन् ।
त्यसो त अमेरिकाले जर्मनी, फ्रान्स, क्यानडा तथा बेलायतबाट आफ्नो लागी हतियार तथा सैन्य सामाग्रीहरु आयात गर्ने गरेको छ । तथ्याङ्कका अनुसार सोही अवधिमा अमेरिकाले विभिन्न मुलुकबाट करिव ७.६७ विलियन अमेरिकी डलर वरावरको हतियार आयात गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस