कैलाली– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आव २०७६÷७७ को चार महिनाको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न बजारमा गरिएको अनुगमनबाट साढे दुई क्विन्टल खाद्यान्न तथा दलहन खाद्यपदार्थ जफत गरी नष्ट गरेको छ ।
कार्यालयले साउनदेखि कात्तिक महिनाको मसान्तसम्म गरेको बजार अनुगमनबाट म्याद गुज्रेका तथा खानका लागि अयोग्य २५६ किलोग्राम खाद्यान्न जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कार्यालय प्रमुख सुमन धितालले जानकारी दिए ।
त्यसैगरी कृत्रिम चुक ६०० लिटर, हल्का पेयपदार्थ ४१३ लिटर, माछामासु ४० किलोग्राम, तेल तथा घीउ १२ लिटर र मसलाजन्य वस्तु पाँच किलोग्राम जफत गरी नष्ट गरिएको अनुसन्धान अधिकृत धितालले बताए । चामलको पीठो तथा स्वास्थ्यलाई हानिकारक रङ मिसाएर बनाइएको १२८ किलोग्राम मिठाईजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ । प्रमुख धितालले चालु आवको प्रथम चौमासिकमा कार्यालयले ८० पटक खाद्य उद्योग र ३६ पटक दूध, पानी तथा खाने तेल उद्योगको अनुगमन गरेको बताए । त्यस्तै आठपटक दाना उद्योग, पाँच पटक होटल तथा रेष्टुरेन्ट र आठ पटक कार्यदलको संयुक्त टोलीबाट अनुगमन गरेको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस